अमेरिका, १० जुन / साउदर्न क्यालिफोर्नियामा आज सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो | उक्त सेवामा १ सय २९ जनाले सेवा लिएका थिए | शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, बडी माक्स इन्डेक्स(बिएमआइ), हेमोग्लोबिन, कोलेस्ट्रोल, बोन डेन्सीटि, ईकेजी, दातको परीक्षण तथा परामर्श जस्ता सेवाहरू प्रदान गरिएको थियो |
एनआरएन अमेरिका हेल्प डेस्क, सोसाइटी अफ अमेरिकन नेपलीज नर्सेस (SAAN,एनआरएन अमेरिका महिला समिति र एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजनामा शिविर आयोजना भएको थियो |
प्रतिक्रिया लेख्नुहोस्:-