काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारले सत्ता टिकाउनकै लागि रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।
उनले शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय माताहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।
दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीनवटै तहको अदालतको आदेश विपरित चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोशसमेत व्यक्त गरे।
निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नुपरेको उनको तर्क थियो। नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटक(पटक दोहोर्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-