काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो पार्टीले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रास्वपाको बाटो सहज हुन्छ भन्ने देखाइदिए पनि विभिन्न ठाउँबाट घेराबन्दी गरिरहेको बताए ।
‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं’, उनले भने ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको लामिछानेले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-