Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

जेष्ठ २८, २०७५ २:३० मा प्रकाशित
यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो
Share on FacebookShare on Twitter

दुनै, डोल्पा, २८ जेठ / हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् ।

सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै पछि लाग्छन् ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको समयमा डोल्पाका विद्यालय एक महिना बन्द भएपछि सरकारले विद्यालयमा दिवा खाजाबापत दिने रु ३३ लाखबराबरको रकम फिर्ता हुने भएको हो ।

यार्सागुम्बा संकलनका समयमा बन्द हुने जिल्लाका कुनै पनि विद्यालयलाई शिक्षा कार्यालयबाट दिइने दिवा खाजाबापतको अनुदान रोकिने भएको छ ।

सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रत्येक महिना प्रतिविद्यार्थीका लागि करीब २० दिनको दिवा खाजास्वरुप अनुदान दिने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंहराज डाँगीले बताउनुभयो ।

विद्यालयलाई एक महिनाका लागि दिइने २० दिनको दिवा खाजाको अनुदान रकम करीब रु ३३ लाख सरकारलाई फिर्ता हुने उहाँले जानकारी दिनुभयो । कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी रु २० का दरले महिनामा रु ४०० रकम दिवा खाजाबापत विद्यालयमा जाने गर्छ ।

८५ प्रतिशत विद्यालय बन्द
यार्सागुम्बा संकलन याम शुरु भएसँगै जेठ १ गतेदेखि बन्द भएका जिल्लाका करीब ८५ प्रतिशत विद्यालय अझै खुलेका छैनन् । जिल्लाभरका ११२ वटा विद्यालयमध्ये हालसम्म जम्मा १८ वटा विद्यालयमात्र खुलेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । यार्सागुम्बा संकलनका लागि जेठको १ गतेदेखि बन्द गरिएका विद्यालय महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंंहराज डाँगीले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “आठवटा स्थानीय तह रहेको यस जिल्लामा जेठ २० गतेदेखिट जगदुल्ला गाउँपालिकाका १४ वटै विद्यालयमा पढाइ सञ्चालन भयो भने अन्य ठाउँका कुनै पनि विद्यालय खुलेका छैनन् ।

शे–फोक्सुण्डो गाउँपालिकाको तापिरिचा माध्यमिक विद्यालय साइजल, त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभूत विद्यालय भोरगाउँ, काञ्जीरुवा आधारभूत विद्यालय दापु र हिमज्योति आधारभूत विद्यालय सार्कीटोल गरी चारवटा विद्यालय यार्सागुम्बाको समयमा पनि सञ्चालन भएको छ ।

यार्सागुम्बाको अवधिभर विद्यालय खोल्ने चार विद्यालय बाहेक अरुले दिवा खाजाको अनुदान रकम नपाउने डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जगदुल्लाका १४ वटा विद्यालय २० गतेदेखि खुले पनि ती विद्यालयले पनि दिवा खाजाबापत अनुदान पाउने छैनन । महिनाभर जम्मा २० दिनको मात्र दिवा खाजाको अनुदान रकम उपलब्ध गराइदै आएकामा २० दिन नै विद्यालय बन्द भएपछि ती विद्यालयले खाजाको अनुदान नपाउने भएका हुन् ।

छिमेकी जिल्लाका विद्यालय पनि बन्द

यार्सागुम्बा मौसममा डोल्पाका सबै विद्यालय बन्द हुन्छन् नै छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका विद्यालयसमेत यार्सा टिप्ने बेला बन्द हुने गर्छन । डोल्पालीमात्र नभई छिमेकी जिल्लावासीको पनि प्रमुख आम्दानीको स्रोतका रुपमा रहेका यार्सागुम्बा टिप्न त्यहाँका विद्यार्थी वर्षभरिको पढाइखर्च जुटाउन ज्यान जोखिममा पार्दै डोल्पाका उच्च हिमाली भाग पाटनमा पुग्ने गर्छन् ।

विद्यालय बन्द गर्न नचाहँदा नचाहँदै पनि बाध्यता जस्तै भएकाले केही दिनलाई बन्द नै गर्नुपरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष २० दिन बन्द गरियो सकेसम्म अर्को वर्षबाट विद्यालय बन्द हुँदैनन् बालबालिकालाई शिक्षा लिनबाट वञ्चित गराइँदैन ।”

पाँच महिना पनि निरन्तर पढाइ हुँदैन

हिउँदको पुस र माघ महिनामा हिउँदे बिदा हुन्छ, फागुनमा भर्ना अभियानले एक दुई हप्ता पढाइ हुँदैन, जेठमा यार्सागुम्बाले एक महिना धेरै विद्यालय बन्द हुन्छन्, अन्य महिनामा विभिन्न चार्डपर्व तथा सार्वजनिक कार्यक्रममा विद्यालय खुल्दैनन् नागरिक अगुवा योगेन्द्र बुढाले भन्नुभयो ।

डोल्पाका विद्यालयमा करीब पाँच महिना पनि निरन्तर पढाइ हुँदैन, कसरी एक हजार घण्टा विद्यालयमा बालबालिकाले अध्ययन गरे त उहाँले प्रश्न गर्नुभयो । यही कारणले डोल्पाको शिक्षाको अवस्था खस्किँदो छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ समयमै सरोकारवालाको ध्यान जाओस् उहाँले भन्नुभयो ।

पूरा पाठ सक्न भ्याइँदैन

विद्यालय खुल्नेभन्दा बन्द हुने समय धेरै हुने भएकाले पूरा पाठ सक्न नै नभ्याइने र भनेअनुसार विद्यार्थीले शिक्षा आर्जन गर्न नपाउने शिक्षाविद्हरुको दाबी छ । अत्यधिक विद्यालय कममात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पूरा नहुने गरेको शिक्षा विकास तथा समन्वय एकाइले स्वीकार गरेको छ । कार्यालयका अनुसार यार्सागुम्बा मौसममा औपचारिक बिदा हुँदैन, सरहरु विद्यालयमा विद्यार्थी कुरेरै बस्नुभएको हुन्छ तर वर्षभरिको कमाइ गर्नका लागि सबै पाटनमा जाने गर्छन्, उनीहरुलाई नजाउ पनि कसरी भन्नु, तैपनि सकेजति नियमन गर्ने प्रयास भएको छ शिक्षा विकास तथा समन्वय शाखाका डाँगीले भन्नुभयो ।

कोही शिक्षक पनि यार्सा व्यापारमा

यार्सागुम्बा टिप्नका लागि बालबालिका नै पाटनमा पुगेपछि शिक्षक कोही घाम तापेर बसेका छन् भने कोही यार्साका व्यापारी पनि बनेका छन् ।

फुर्सदको समय उपयोग गर्दै केही शिक्षक व्यापार गर्दै छन् तर विद्यालय खोल्न भने कोही पनि अग्रसर देखिँदैनन् । शिक्षा विकास तथा समन्वय एकाइले जेठको अन्तिम साता विद्यालय खोल्ने भने पनि धेरै विद्यालय असारको दोस्रो सातामात्रै खुल्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result