Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विदेशमा उद्धारको पर्खाइमा बसेकाहरू सॅग चर्को भाडालिनु दुखद : एनआरएनए

जेष्ठ ३१, २०७७ १:०४ मा प्रकाशित
विदेशमा उद्धारको पर्खाइमा बसेकाहरू सॅग चर्को भाडालिनु दुखद : एनआरएनए
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली संघ, अन्ताराष्ट्रिय समन्वय परिषद अन्तर्गत चार क्षेत्रिय संयोजकहरूले विदेशमा अलपत्रमा परेको नेपालीहरूको उद्धारका नाममा मनपरि भाडा लिईनुलाई दुखद भनेका छ ।

 

क्षेत्रिय संयोजकहरूले बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै, ‘मध्य पूर्व,यूरोप ,अफ्रिका र बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्नेबेला आफु निटक का ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नु पर्ने वाताबरण बन्नु अत्यन्त दुखदायी बिषय हो।’ भनेका छन् ।

 

उनीहरूले नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी हाम्रा निम्ति स्विकार्य नहुने तथा आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहाने र हवाई खर्च जुटाउन नसकने हरुको लागि पनि संग संगै उद्धार ब्यबस्थापन गर्नु पर्ने माग गरेका छन् ।

 

संयुक्त विज्ञप्ति जारी गर्नेमा अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, यूरोप क्षेत्रका संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्रका संयोजक प्रबिण गुरुङ्ग  र अफ्रिका क्षेत्रका संयोजक रोशन थापा रहेका छन् ।

 

क्षेत्रिय संयोजकहरूद्वारा जारी विज्ञप्तिको पूर्णपाठ

 

 

नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस

 

 

समय, परिस्थिती र बाध्यताले बिदेशीएका नेपालीहरु कोरोनाको कहरसंगै बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन स्वदेश मै फर्कनु पर्ने अबस्था आएको छ। तिन महिना लामो लकडाउन साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौ हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्। ढिला सुस्ता गतिमा काम गर्ने सरकारी निति र कोरोनाको महामारी लाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केहि अमुक व्यक्तिहरू ले परेको प्रभाव ले थप आहत बनाएको छ।

 

मध्य पूर्व,यूरोप ,अफ्रिका र बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्नेबेला आफु निटक का ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नु पर्ने वाताबरण बन्नु अत्यन्त दुखदायी बिषय हो। कठिनतामा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिक हरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महसूस भएको छ।विदेशमा कामगार्ने नेपालीहरू ले नै पठाएको रेमीट्यान्सको ताकतमा उभीएको सरकारले बिपतको घडिमा यसरी गैर जिम्मेवार बन्नु बिदेसीय का नेपालीहरू का लागी दःखद कुरा हो।

 

अन्तमा, नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी हाम्रा निम्ति स्विकार्य छैन। आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहाने र हवाई खर्च जुटाउन नसकने हरुको लागी पनि संग संगै उद्धार ब्यबस्थापन गर्नुपर्दछ।

देशको अर्थतन्त्रको एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिक हरु कोरोनाको महामारीको कारणले बिपतमा छन् । बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा ६ अरब भन्दा बढी पैसा थान्कियर बसेको छ| उक्त कोषको संचालन ऐनमा उल्लेख भए अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ । यसै बिषयमा गैर आबासीय नेपाली संघले सरकारलाई बुझाएको RELIEF, REPATRIATION and REHABILITATION progran मा सो रकम प्रयोग गरेर राहत तथा उद्दार गर्नुपर्ने माग राखेपनि सरकार चाँही महँगो भाडा तोक्नमै व्यस्त छ । हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरू लाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै बिज्ञप्ती मार्फत जोडदार माग गर्दछौ।

 

-राजन त्रिपाठी- संयोजक अमेरिका क्षेत्र

-नारायण आचार्य -संयोजक यूरोप क्षेत्र

-प्रबिण गुरुङ्ग – संयोजक मध्य पूर्व क्षेत्र

-रोशन थापा – क्षेत्रीय संयोजक अफ्रिका

गैर आवासीय नेपाली संघ,
अन्ताराष्ट्रिय समन्वय परिषद

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result