Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालको विकास र संवृद्धिका लागि अमेरिकामा विज्ञहरुको भेला

जेष्ठ ३१, २०७५ १०:०९ मा प्रकाशित
एनआरएनको विज्ञ भेला रोक्न अमेरिकामा मुद्धा
Share on FacebookShare on Twitter

अमेरिका/ १४ जुन
अमेरिका क्षेत्रमा एनआरएनले अहिलेसम्म गरेका कार्यक्रमहरु मध्ये सर्वाधिक चासो र महत्वका साथ हेरिएको विज्ञ भेलामा सात समुहमा करिव चालिस जना विज्ञहरुले आफ्ना सोध पत्रहरु प्रस्तुत गर्ने भएका छन् । यहि जुलाई १६ र १७ तारिक सानफ्रान्सिस्कोमा हुने भेलामा विज्ञहरुको गहन अध्ययन र अनुसन्धान माथि पेचिलो वहस हुने छ । गहिरो अध्ययन, परिणाम मुखि अनुसन्धान र लामो अनुभवको ओजनदार प्रस्तुति दिदै विज्ञहरुले नेपालको नीति निर्माण र विकाससँग यसलाई कसरी अन्तरसंवन्धित बनाउन सकिन्छ भनेर निश्कर्ष समेत दिने छन् । ज्ञान, विज्ञान र अनुसन्धानले सुसज्जित निश्कर्षको भारी नेपालको संवृद्धि र विकासका लागि नेपालवाट आउने मन्त्री, विज्ञ र आइसीसीका पदाधिकारीहरुलाई हस्तान्तरण गर्नु नै यो भेलाको मुख्य लक्ष हो ।

विज्ञ भेलाको प्रस्तुती निश्कर्ष तथा स्वयत पत्र निर्माण समिति सदस्य पशुपति पाण्डेका अनुसार शुरुमा पाँच समुहमा बाढेर सोध पत्रहरु प्रस्तुत गर्ने तयारी गरिएको थियो । विषयगत विशेषज्ञहरुको सहभागिता उल्लेख्य संख्यामा बढ्नु र कार्यक्रम एकै दिनमा सक्नु पर्ने वाध्यताका कारण सात समुहमा विस्तार गरिएको छ । पाण्डे भन्छन् “नेपालबाट आएर विज्ञान, प्रबिधि, बिकास र बैभवको नमुना मानिने देशमा नेपाली विज्ञहरुले विभिन्न क्षेत्रमा हासिल गरेको दक्षता र अनुभवलाई एउटै मन्चमा प्रस्तुत गर्नु कार्यक्रमको सुखद पक्ष हो । यसलाई नेपालको विकास र संवृद्धिसँग जोड्ने गरी निश्किर्ष दिनु मुख्य लक्ष रहेको छ ।’

कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन सातवटा कोर एरियामा चार–चार जना विज्ञ प्यानलिष्ट, प्रत्येकमा एक–एक जना सहजकर्ता र तीन देखि पाँच जना प्रस्तुतकर्ताहरु रहने छन् । विज्ञ भेला संयोजक डिल्ली भट्टराईका अनुसार नेपालमा रहदा विभिन्न क्षेत्रमा विज्ञको रुपमा काम गरेको अनुभव भएपनि अमेरिका आएपछि त्यस क्षेत्रमा संवद्ध नभएकाहरुलाई सोधपत्र प्रस्तुत गर्ने मौका दिइने छैन । भट्टराई भन्छन् “विदेशी भुमीमा आएर पनि आफ्नो ज्ञान,सिप र दक्षतालाई संवन्धित क्षेत्रमा जोडेर गरेको काम,अध्ययन, अनुसन्धान र निखारिएको अनुभवलाई नेपालसंग जोड्न सक्ने गरी विज्ञहरुले प्रस्तुती दिने छन् ।”

मंगलवार रातीसम्म ४२ जना जना विज्ञहरुका सोधपत्र विज्ञ समितिमा पुगिसेका छन् । सोध पत्रहरुलाई क्रमस १) शिक्षा र विकास २)कृषि र कृषि अर्थतन्त्र ३) सामाजिक शसक्तिकरण र आर्थिक विकास ४)सहरी विकास योजना र सार्वजनिक सुरक्षा ५)विज्ञान र प्रविधि ६)पर्यटन, प्राकृतिक स्रोतसाधन र वातावरण ७)स्वास्थ्य, औषधि विज्ञान र प्रविधि समुहमा विभाजन गरी विज्ञहरुलाई प्रस्तुतिको अवसर दिइने छ ।

विज्ञ भेला प्रस्तुती निश्कर्ष तथा स्वयत पत्र निर्माणको संयोजन डाक्टर रुद्र अर्यालले गर्दैहुनुहुन्छ । यस समितिको सल्लाहाकारको रुपमा डाक्टर यादव पण्डितले काम गरिरहनु भएको छ । शिक्षा क्षेत्रको सुधार र प्रगतिका पक्षमा डाक्टर प्रमोद ढकालको प्रस्तुति रहने छ । नेपाली एग्रिकल्चर प्रोफेशनल अमेरिकाका अध्यक्ष डाक्टर लिला बहादुर कार्कीले कृषि प्रणाली र आर्थिक विकासको विषयमा प्रस्तुति दिनुहुनेछ ।
त्यस्तै नेपाल अमेरिका मेडिकल फाउण्डेशनका अध्यक्ष डाक्टर सन्तोष सापकोटा, नेपाल अमेरिका पोलिसी एण्ड रिसर्च सेन्टरका अध्यक्ष डाक्टर आमोद पोखरेल, प्रोफेसर मेदिनी अधिकारी, अम्विका प्रसाद अधिकारी, पशुपति पाण्डे, डाक्टर तारा सिग्देल, डाक्टर पुरु श्रेष्ठ, उपमेयर किरण(रोन) सिटौंलाको प्रस्तुति रहने छ ।
एनआरएन एनसीसीका उपाध्यक्ष कुमार पन्तले कलेक्टिभ इन्भेसमेन्ट, कुल आचार्यले फिलन्थ्रोपी, महासचिव डाक्टर बद्री केसीले उज्यालो नेपालको विषयमा शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । अरु २५ जना विज्ञका सोधपत्र पनि तयार भइसकेका छन् । नेपाल र अमेरिकाको विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान वनाईसकेका विज्ञहरु नै यो भेलाका प्रमुख प्रस्तोता रहने छन् ।


एनआरएन आइसीसी क्षेत्रिय संयोजक गौरी जोशी र एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल विदेशी भुमीमा फस्टाइरहेको नेपाली विज्ञता र सिपलाई नेपाल भित्र उपयोग गर्न यो कार्यक्रमले सहयोग पुग्नेमा ढुक्क देखिन्छन् । जोशी दंग पर्दै भन्छन् “अमेरिका क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम हुनु यस क्षेत्रमा वस्ने सवै नेपालीका लागि गर्बको कुरा हो ।” विज्ञहरुलाई अमेरिकामा एकै ठाउँमा उभ्याउन पाएकोमा डाक्टर पौडेल पनि उत्साहित भएका छन् । डाक्टर पौडेल भन्छन् “नेपालमा लगानी भित्र्याएर मात्र देशको विकास हुन्छ भन्ने धारणा भन्दा माथि उठेर सिप, अनुभव र प्रविधिलाई लगानी सँग–सँगै लग्नु पर्छ भन्ने एनआरएनको मान्यतालाई स्थापित गर्न यो कार्यक्रम कोसेढुंगा सावितहुने छ ।”

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result