काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कार्यभार सम्हालेको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन्।
उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।
यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् ।
लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रणमा तीन बुँदा, सूचना प्रविधि प्रयोगमा पाँच बुँदा तथा विविधतर्फ १९ बुँदासहितको उपलब्धि सुनाएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-