काठमाडौं । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस सकिएको हो।
शुक्रबार भने सरकारी वकिलले जवाफी बहस गर्ने छन्। जिल्ला न्यायाधीश न्यौपानेले सरकारी वकिललाई २ बजेसम्म जवाफी बहस सकाउन भनेका छन्।
आज चार प्रतिवादीहरू आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी र हरिभक्त महर्जनका वकिलले बहस गरेका थिए। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-