अमेरिका जुन १६
विशेष चासो र महत्त्वका साथ हेरिएको विज्ञ भेलामा जम्मा भएका विज्ञहरूले आज बिहान ८ बजेबाट आफ्नो प्रस्तुति दिन सुरु गरेका छन् । सानफ्रानसिन्सको होटेल हिल्टनमा सात समूहमा वाढिएर विज्ञहरूले आफ्ना सोध पत्रहरू प्रस्तुत गरिरहेका छन् । करिब चालिस जना विज्ञहरूको प्रस्तुति आज साँझसम्ममा सकिने छ । अमेरिका क्षेत्रमा ख्याति कमाएका विज्ञहरूको सोधपत्र उद्घाटन सत्र अगाडि नै प्रस्तुत गर्न थालिएको छ । कार्यक्रमलाई छिटो छरितो बनाएन विज्ञहरूको प्रस्तुतिको बिचमा उद्घाटन सत्र राखिएको आयोजकहरूले बताएका छन् । थुप्रै सोधपत्रहरु एकै दिन प्रस्तुत गर्नु पर्ने हुँदा विज्ञहरूको प्रस्तुतिलाई बिहानैबाट अगाडि बढाइएको हो ।
एनआरएन एनसीसीको यो विज्ञ भेला र एनआरएन अमेरिकाको साधारणसभामा भाग लिन युरोप, अस्ट्रेलिया, जापान र नेपालबाट विज्ञ र एनआरएन पदाधिकारीहरू हिजो रातीसम्म सानफ्रानसिस्को आइपुगेका छन् । त्यस्तै अमेरिका र केनडाका विभिन्न राज्यबाट समेत विज्ञहरू, पत्रकार र सरोकारवाला सानफ्रानसिस्को आइरहेका छन् ।
एनआरएन आइसीसीका महासचिव वद्री केसीका अनुसार कार्यक्रममा सहभागीको सङ्ख्या चारसय भन्दा बढी हुने छ । अनलाइन बाहेक सानफ्रानसिस्कोमा नै आएर रजिष्टेशन गर्न चाहनेका लागि हिजो राती देखि सुरु गरिएको सहभागी दर्ता लाइनमा आज विहान पनि ठुलै भिडभाड देखिन्छ ।
पर्यटन मन्त्री रविन्द्र अधिकारी, एनआरएन आसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव वद्री के सी , पूर्व मन्त्री प्रकाशचन्द्र लोहनी सानफ्रानसिस्कोमा भइरहेका विज्ञ भेलामा सहभागी हुनुहुन्छ । विज्ञभेलामा प्रस्तोतालाई १२ मिनेटको समय दिइएको छ । यही समय भित्र छोटा अन्तरक्रिया, प्रस्तुतिको सारांश र नेपालका लागि यसको उपादेयता समेत पुष्टि गर्नु पर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-