गैरआवासीय नेपाली संघ (एनआरएनए)- आइसीसीको अमेरिका क्षेत्रको आयोजना र राष्ट्रिय समन्वय समिति अमेरिकाको सहकार्यमा विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको सातौं वार्षिक साधारण संभाको उद्घाटन समारोह पर्यटकीय शहर सानफ्रानसिस्कोमा भर्खरै शुरु भएको छ। सानफ्रानसिस्को एअरपोर्ट स्थित हिल्टन होटलमा एक भव्य समारोहकाबीच शुरु भएको उद्घाटन समारोहमा नेपाल सरकारका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले प्रमुख अतिथिका हैसियतमा सहभागिता जनाएका छन्। यसैगरी वरिष्ठ अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, एनआरएनए- आइसीसीका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव वद्री के सी ,पूर्व अध्यक्ष जिवा लामिछाने लगाएतका विशिष्ट व्यक्तित्वहरुको समेत सम्मेलनमा सहभागिता रहेको छ। सम्मेलनको उद्घाटन सत्रमा एनआरएनए- आइसीसी, अमेरिका क्षेत्रका संयोजक गौरी जोशी तथा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको सहभागिता रहेको छ।
उद्घाटन समारोह पश्चात विज्ञ सम्मेलनमा विभिन्न विष्यका विज्ञहरुको प्रस्तुति र त्यसमाथि प्लेनरीमा छलफल/ टिप्पणी गर्ने क्रम जारी रहने आयोजकहरुले जनाएका छन्।
तस्वीर: तोया दाहाल/दूरबिन नेपाल
प्रतिक्रिया लेख्नुहोस्:-