काठमाडौं । आन्दोलनरत पेट्रोलियम ट्यांकर चालक र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षता बसेको बैठकले निगम र ट्यांकर चालकबीच सहमति गरेको हो।
त्यसका लागि निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति गठन हुने भएको छ।
त्यस्तै नेपाल आयल निगमले व्यवसायीहरूलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने सहमति समेत भएको छ।
सहमति भएसँगै आजदेखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने सहमति भएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-