नेपालको संवृद्धि र विकासका लागि सीप, ज्ञान र प्रविधि हस्तान्तरण कसरी गर्न सकिन्छ भनेर आयोजना गरिएको एनआरएन विज्ञभेलामा ३० वटा कार्यपत्र प्रस्तुत गरिए । नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक लगायतका क्षेत्रमा यहाँको सिप,अनुभव र दक्षतालाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेर कार्यपत्रहरू माथि छलफल गरिएको थियो । विज्ञ भेला पछि जारी विज्ञप्तिमा विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको ज्ञान सिप र दक्षतालाई नेपालमा आवश्यकता अनुसार प्रयोग गर्न यो कार्यक्रमले मद्दत पुग्ने उल्लेख छ । यो कार्यक्रमलाई नेपालमा आयोजना गरिने अर्को बृहत् विज्ञ सम्मेलनको पूर्व तयारीका रूपमा समेत लिइएको छ ।
सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा। अर्जुन कार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरू डा. हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता थियो ।

एनआरएन क्यालिफोर्नियाको साधारणसभा विधान संशोधन गर्दै आइतबार दिउसो सकिएको छ । उद्घाटन समारोहलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, राजदूत अर्जुन कार्की, एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । एनआरएन क्यालिफोर्नियाका अध्यक्ष डाक्टर केशव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा बक्तहरुले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन एनआरएनले अधिकतम प्रयास गर्ने बताए ।
साधारण सभामा महिला सशक्तिकरण र अधिकारका बारेमा अभिमा उप्रेतीले सोधमुलक प्रस्तुति दिएकी थिइन । उप्रेतीको प्रस्तुतिपछि नेपाली सामुदायिक केन्द्रले भवन निर्माणका लागि गरेका कामहरूको बारेमा आफ्नो प्रस्तुति दिएको थियो । समितिका संयोजक उत्तम कार्की लगनयतले भवन निर्माका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगका लागि आह्वान समेत गरेका छन् ।
आइतबार साँझ नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाले एनआरएनको विज्ञ भेला र साधारण सभामा भाग लिन आएका अतिथि, विज्ञ र सहभागीहरूको स्वागत र बिदाइका लागि रात्रि भोजको आयोजना ग¥यो ।














प्रतिक्रिया लेख्नुहोस्:-