Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

असार ५, २०७५ १:५३ मा प्रकाशित
Share on FacebookShare on Twitter

जाजरकोट, ५ असार / दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।

जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो ।

भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर निर्माण पूरा भएको छ । जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालदेखि शुरु भएको थियो ।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११५.७ किलोमिटर सडकको मार्ग खोल्ने काम सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्र्याक्टर सञ्चालनमा आइसकेका छन् ।

यातायात सञ्चालनमा ल्याइएसँगै वर्र्षौंदेखिको सडक सञ्जालमा जोडिने डोल्पालीको सपना विस्तारै पूरा हुँदै गइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, ६ र १ मा पर्ने सिउडेनी चिप्लेभिरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडक मार्ग खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ ।

डोल्पालीले यातायात नहुँदा खेप्नुपरेको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडकखण्डमा जिप ट्र्याक्टरलगायत हल्का सवारीसाधन र खदाङदेखि चिप्लेभिरसम्मको सडकखण्डमा ट्र्याक्टर सञ्चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो ।

डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चालनमा ल्याइएसँगै नेपालगञ्ज–डोल्पाको यात्रासमेत छोटिएको छ । निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभिरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भिर खोल्ने कार्य भदौ महिनाभित्रमा सम्पन्न गरी असोजको पहिलो सातामा सडक सम्पन्न गरेर २०७५ को दशैँ र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा निर्माणाधीन सडक राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको छ ।

भारतको रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रुपमा रहेको छ ।

जडीबुटीको भण्डारका रुपमा रहेको डोल्पा सडक सन्जालसँग जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पाली आर्थिक समृद्धितर्फ लम्किने कर्णाली प्रदेशका सभासद् वदमीक्वारा बुढाको भनाइ छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे–फोक्सुण्डो ताल भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरसमेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बती पर्यटक डोल्पा पुग्ने विश्वास स्थानीयवासीको छ ।

पाँचवटा ठूला र पाँचवटा साना मोटरेबल पुल नबनेसम्म सडक निर्माण सम्पन्न हुने अवस्था नरहेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताउनुभयो ।

चीन र भारतलाई भेरी करिडोरले जोड्ने

भारतको रोपैडिया जमुनाहदेखि शुरु भएको सो सडक डोल्पाको धो मरिम्ला चीनको सिमानासम्म पुग्नेछ । सो सडकको त्रिदेशीय महत्व छ । कर्णाली प्रदेशको सबभन्दा महत्वपूर्ण सडकका रुपमा रहेको उक्त सडक एक वर्षभित्र दुनै पुग्ने विश्वास डोल्पाकी सांसद सत्या पहाडीको छ । बजेट न्यून रहेका कारण डोल्पाको विकास हुन नसकेको उहाँको भनाइ छ । भौगोलिकरुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result