अन्तराष्ट्रिय योग दिवसको अवसरमा संगथा नामक एक संस्थालेले यही जुन २१-२२ दुई दिने (सोलफेस्ट ए ट्रान्सरमेटिभ इक्सपिरेन्स) नामक एक योग साधना एवं ध्यानशिविर को आयोजना गर्न लागेको छ । संगथाका प्रमुख संचालक शरद ढुंगेलका अनुसार कार्यक्रम रिचमण्डस्थित नेपाली कम्यूनिटी सेन्टरमा हुनेछ । प्राप्त जानकारी अनुसार सो दुई दिने कार्यक्रममा मेडिटेशन, हिलिङ, ब्रेथवोर्क र कीर्तन समावेश गरिएको छ ।
संगथाका प्रमुख शरद दुंगेल यस कार्यक्रमको लक्ष्य युवायुस्तालाई ध्यान, योगा, साधना र जीवनपयोगी कुरामा प्रेरित गर्नु रहेको बताउँछन् । ‘हामीले नेपाली कम्पुनिटीमा फोकस गर्नुको मुख्य कारण नै हाम्रो परम्परादेखि चलिआएको र हाल पाश्चिमा देशले विकास गरिरहेको ध्यान, योगर साधनालाई विदेशमा रहेका नेपाली माझ पुऱ्याउनु हो, ढुंगेल भन्छन । कार्यक्रममा चर्चित ध्यान गुरु तेन्डिङ लामाले ध्यान, सेरेना ज्योडानोले हिलिङ फ्रिक्वेन्सी, बोल्फग्याङ स्टाइनरले ब्रेथवोर्क र कृष्ण दासले कीर्तनको संयोजन गर्नुहुने ढुँगेलले जानकारी दिए । कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ७ बजे सम्म हुनेछ ।
कार्यक्रमको मुख्य नारा एकाग्रता मनसः स्थिरतां करोति।
एकाग्रताले मनलाई स्थिर बनाउँछ भनिएको छ । Focus brings steadiness to the mind ।
सचेतनः श्वासः एकाग्रतां निर्मीत ।
सचेत श्वासले एकाग्रता सिर्जना गर्छ।
A steady mind brings emotional balance ।
स्थिरंमन: भावानां संतुलनं यच्छति।
स्थिर मनले भावनाहरूलाई सन्तुलनमा ल्याउँछ।
Conscious breathing creates focus ।
संतुलिताः भावाः स्वभावस्स्य सारं जाग्रयन्ति सन्तुलित भावनाले हाम्रो स्वभावको सारलाई उजागर गर्छ। Balanced emotions awaken the essence of one’s true nature. चयन गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-