Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

असार ६, २०७५ २:०६ मा प्रकाशित
सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ असार / दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गर्नुभएको छ ।

सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै बोर्ड र प्रवद्र्धक कम्पनीबीच प्रारम्भिक सम्झौता भइसकेको छ । आजको सम्झौतापछि कारखाना स्थापनालगायत अन्य कामका लागिसमेत मार्ग प्रशस्त भएको छ ।

चिनियाँ लगानीकै उद्योग होङशी शिवम्ले नवलपरासीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादन शुरु गरिसकेको सन्दर्भमा चीनको अर्को ठूलो कम्पनी हुवाजिन नेपाल आउन लागेको हो ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले उद्योग स्थापनाको प्रारम्भिक तयारीका काम भइरहेको जानकारी दिँदै आजको सम्झौतापछि लगानी भित्र्याउनका लागि मार्ग प्रशस्त भएको जानकारी दिनुभयो ।

उद्योग स्थापना गर्ने सन्दर्भमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले गत वर्ष नै प्रारम्भिक लगानी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतालाई लगानी बोर्डको बोर्ड र हुवाजिनको बोर्डले पारित गरिसकेको छ । सोही आधारमा आज लगानीको अन्तिम सम्झौता भएको प्रवक्ता वाग्लेले जानकारी दिनुभयो ।

विसं २०७४ मंसिर १२ मा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले रु ६० करोड खर्च गरेको छ । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो पहिलो पटक भएको बताइन्छ ।

खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७२ पुस ५ गते उक्त कम्पनीको वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृतिसमेत दिइसकेको छ ।

नेपालमा हाल ४१ उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । पछिल्लो पटक होङसी शिवम्समेत थपिएपछि उद्योगको संख्या ४२ पुगेको छ । यस्तै एक दर्जन उद्योग निर्माणका क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थापना भएकामध्ये एक दर्जनभन्दा बढी उद्योगले क्लिंकर उत्पादन गर्ने गर्छन् । सञ्चालनमा रहेका अधिकांश उद्योगले आफ्नो क्षमतासमेत विस्तार गर्दै गएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका पशुपति मुराकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार गरेर दैनिक तीन हजार मेट्रिक टन बढी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । सरकारले स्वदेशमै सिमेन्ट उत्पादन गर्ने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेको छ । सिमेन्ट उद्योग संघका अनुसार नेपालमा ७७ वटा ब्रान्डका सिमेन्ट नापतौल तथा गुणस्तर विभागबाट मान्यता प्राप्त गरेका छन् ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको संघले जानकारी दिएको छ । विकास निर्माणको काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा समेत लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिएको छ ।

वन क्षेत्रको जग्गा प्रयोग, उद्योगका लागि आवश्यकपर्ने प्रसारण लाइन तथा यातायातको सहज पहुँचजस्ता विषयमा विशेष ध्यान दिइए थप लगानी भित्रने बोर्डको भनाइ छ । स्थानीयवासीसँग सहजीकरण गरी खानी क्षेत्रसँग पुग्ने पहुँचमार्ग तथा उद्योग स्थापनाका लागि केही समय भित्रै आवश्यक प्रक्रिया शुरु गर्ने जानकारी हुवासिनले आफूहरुलाई दिएको बोर्डका प्रवक्ता वाग्लेको भनाइ छ । चीनबाट यसअघि होङ्सी शिवम सिमेन्ट उद्योगमार्फत रु ३६ अर्ब लगानी भित्रिएको छ । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result