जाङ्बु शेर्पा
-अमेरिका,
इमिग्रेशन कस्टम इनफोर्समेन्ट (आइसिई)ले अमेरिकामा अवैधानिक प्रवेश गरेका एवं कागजपत्र विहिनि आप्रावासिहरुलाई देश निकाला गर्न कडारुपमा प्रस्तुत हुने जनाएको छ ।
राष्ट्रपति ट्रम्पले लाखौँ कागजपत्र विहीन आप्रावासिलाई देश निकाला गर्ने तयारीमा रहेको ट्विट भएको भोलि पल्टै द हिल्ससगको संवादमा आइसिई निर्देशक मार्क मोगनले अध्यागमन अदालतबाट देश फिर्तीको निर्णय भएका देखि अवैधानिक रूपमा बसोबास गरिरहेका कसैलाई नछोडिने चेतावनी दिएका हुन्।
संवादमा मोगनले आइसिइले हरेक वर्ष कागजपत्रविहिन आप्रवासीलाई देश निकाला गर्दे आएको जानकारी गराउँदै यो पनि त्यसैको एउटा बृहत् रूप रहेको जनाए ।
निर्देशक मोगनले देश निकालाका क्रममा आइसिइले बूढाबूढी र केटाकेटी भनेर वर्गीकरण नगर्ने वताउदै जो कोही पनि अवैधानीकरुपमा प्रवेश गरे त्यो अवैधानिक नै रहेको उल्लेख गरे ।
मोगनले (आइसिई) अध्यागमनको कानुन पालना गरेरै अघि बढ्ने तथ्य औंल्याउदै आपराधिक पृष्ठभूमि भएकाअप्रवासिको आइसिई कठोर भएर प्रस्तुत हुने बताए । यद्यपि उनले ११ लाख भन्दा बढी आप्रवासीलाई कहिलेसम्ममा देश निकाला गर्ने समयसिमा बारे केही खुलाएनन् ।
यसले धेरै कागजपत्र विहीन परिवारहरूको बसोबास रहेको राज्यहरू क्यालिफोर्निया, सिकागो, न्यु योर्क सहरहरू आइसिइको पहिलो निशानामा पर्न सक्ने बताइएको छ ।
यता कतिपय अध्यागमनमा जानकारहरूमा अनुसार (आइसिई)सँग जनशक्ति र साधनको अभावका कारण उनीहरूले चाहेजति छिटो प्रक्रृया असम्भव रहेको दाबी गर्छन् । यती ठुलो सङ्ख्यालाई (आइसिई)सँग डिटेन्सन सेन्टर नै नभएको र भएको पनि भरिभराउ रहेको उनीहरूको भनाइ छ । अर्कोतिर देश निकालाको निम्ति यती सहजै जहाजको समेत उपलब्धता हुन प्राय:असम्भव छ ।
तर निर्देशक मोगनले भने यो भनाइ आइसिइको छवि धमिल्याउने लक्ष भएकाहरूको मात्र भएको बताए ।
अमेरिकाबाट सबैभन्दा बढी सन २०१२ मा ओबामा प्रशासनताका ४ लाख १९ हजार ३ सय ८४ जनालाई देश निकाला गरिएको थियो ।
मङ्गलवार फ्लोरिडाबाट आरम्भ गरिएको सन २०२० को निम्ति चुनावी घोषणामा समेत राष्ट्रपति ट्रम्पले अधिकांश समय आफ्नो बचाउ विपक्षीको आलोचना तथा कागजपत्र विहीन आप्रावासिलाई देश निकालाको सम्बन्धमा नै बिताएका थिए । उनले आप्रवासीलाई एलियन अर्थात् अर्के ग्रहबाट आएको मानिसको संज्ञा दिँदै उनीहरूलाई यथाशीघ्र जहाबाट आयो त्यही पठाइदिने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-