काठमाडौँ ।
दुई वर्ष अगाडि रिलिज भएको ग्याङस्टर ड्रामा ‘दुई वर्ष अगाडि रिलिज भएको ग्याङस्टर ड्रामा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल बन्ने भएको छ । मुख्य कलाकारको उपस्थितिमा बुधवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरियो ।
मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । नम्रता बाहेक अन्य कलाकार सबै अघिल्लो सिक्वेलबाट निरन्तर छन् ।
१ असारदेखि छायाङ्कन सुरु हुने फिल्मलाई यस पटक नेपालसहित अस्ट्रेलिया र युरोपमा समेत सुट गरिँदै छ । फिल्मले महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेलाई रिलिज मितिको रूपमा घोषणा समेत गरेको छ ।
‘लप्पन छप्पन’ले नेपालबाट अपराध गरेर विदेश भागेको एक ग्याङस्टरलाई पक्राउ गर्न नेपाल प्रहरीले थालेको एक मिसनको कथा पेस गरेको थियो । सिक्वेलले पनि यही कथालाई निरन्तरता दिने अनुमान गरिएको छ । भएको छ । मुख्य कलाकारको उपस्थितिमा बुधवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा मुहूर्त गरियो ।
मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । नम्रताबाहेक अन्य कलाकार सबै अघिल्लो सिक्वेलबाट निरन्तर छन् ।
१ असारदेखि छायाङ्कन सुरु हुने फिल्मलाई यस पटक नेपालसहित अस्ट्रेलिया र युरोपमा समेत सुट गरिँदै छ । फिल्मले महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेलाई रिलिज मितिको रूपमा घोषणा समेत गरेको छ ।
‘लप्पन छप्पन’ले नेपालबाट अपराध गरेर विदेश भागेको एक ग्याङस्टरलाई पक्राउ गर्न नेपाल प्रहरीले थालेको एक मिसनको कथा पेस गरेको थियो । सिक्वेलले पनि यही कथालाई निरन्तरता दिने अनुमान गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-