काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुन दावी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले शुक्रबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन्।
उनले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे। सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जबले मन्त्रालयहरू चलाउने आधार बनेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-