जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन २२
कागजपत्र विहिन आप्रवासीहरुमाथी आइतबारदेखि गरिने भनिएको खानातालासी र छानविनको कार्यक्रम दुई हप्ता पर सरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमार्फत डेमोक्रयाटहरुकै आग्रहमा धरपकडको मिति सारिएको जनाएका छन । राष्ट्रपति ट्रम्पले असाइलम नीतिमा परिवर्तन गर्न आफुलाई सहयोग नगरे आफ्नो अडानबाट पछि नहट्ने चेतावनीपनि दिएका छन । अमेरिकी तल्लो सदनमा डेमोक्रयाटहरुको बहुमत छ । राष्ट्रपतिले गत सोमबार एक हप्ता भित्रमा अवैध आप्रवासी विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए । त्यस्तै इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट निर्देशक मार्क मोगनले समेत अमेरिकाभित्र बसोबास गरीरहेका अवैध आप्रवासीहरु कसैलाईपनि नछोडिने बताएका थिए । यसले अमेरिकाभरी नै आप्रवासीहरुमा आतंक फैलिएको थियो । प्mलोरिडाबाट शुरुहुने धरपकड सन फ्रान्सिस्को, लस एन्जलस,न्युयोर्क, न्यु ओर्लियान्स, एटलान्टा सिकागो, ह्युस्टन तथा मेरिल्याण्डमा पनि गरिने जनाइएको थियो । अध्यागमन अदालतले अवैध डिपोर्टेशनको आदेश दिएपछिपनि करिब दुइ हजार परिवार अमेरिकामै बसीरहेकोले अदालतको आदेश पालना गरिने निर्देशक मोगनले बताएका थिए ।
डेमोक्रयाटहरुले भने राष्ट्रपतिको यो कदमलाई संवेदनशिलहिनता भनेर टिप्पणी गरेका थिए ।








प्रतिक्रिया लेख्नुहोस्:-