काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताएका छन् । उनले शनिबार दाङको तुलसीपुर उपमहानगरपालिका– ११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘हामीलाई प्रधानमन्त्री चाहिया छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दै छन्,’ उनले भने, ‘हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चाहन्छौँ। त्योभन्दा पछि पनि जान सक्छ।’
मुख्य नेतृत्वले दृष्टिकोण नबनाउँदा तलबाट मात्रै कुरा गरेर कुनै सम्भावना नहुने भन्दै मुख्य नेतृत्वले नै दृष्टिकोण निर्माणका लागि सहजीकरण गर्नुपर्ने पोखरेलको भनाइ थियो।
प्रतिक्रिया लेख्नुहोस्:-