अमेरिका । २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको निर्वाचन विधि, प्रक्रिया साथै उम्मेदवार बन्नका लागि संस्थागत, क्षेत्रगत र प्रतिनिधित्व मुलक सहभागिता गराउने सन्दर्भमा निर्वाचन आयोगले तयार गरेको प्रारूपलाई सार्वजनिक गर्दै सुझाव मागेको छ । हिजो अर्थात मंगलवार राती निर्वाचन आयोगद्वारा जारी प्रक्रियागत अवधारणा प्रस्तावमा आइसीसी र एनसीसीको विधानको घेरा भित्र रहेर गर्न सकिने अरु उपयुक्त मोडालिटी भएमा समावेश गरेर जान सकिने भन्दै एनआरएनए अमेरिकाको कार्यसमिति र सरोकार राख्ने सबै पक्षलाई दुई दिन भित्र सुझाव पठाउन आग्रह गरेको छ ।
अमेरिकाका चर्चित कानुन ब्यबसायी साथै निर्वाचन आयोगका कार्यवहाक अध्यक्ष वाशु फुलाराद्वारा जारी डेलिगेट्स निर्वाचन विधि एनसीसीको विधानको धारा १५७ र आइसीसीको विधानको धारा १३ को दफा ७ अनुरुप प्रस्ताव गरिएको उल्लेख छ ।
एनआरएनए अमेरिकाले च्याप्टरहरुलाई पनि क्रियाशिल गराउन हरेक प्रक्रियामा सहभागि गराउने अवधारण अनुसार डेलिगेटसमा पनि एक जना सहभागि गराउने विधान बनाएको छ । त्यसै भित्र रहेर निर्वाचन आयोगले मान्यता प्राप्त २९ च्याप्टरबाट अध्यक्ष वा कार्यसमितिका कोही पनि प्रतिनिधि सिफारिस गर्न सक्ने गरि प्रस्ताव गरेको देखिन्छ ।
२५ प्रतिशत अर्थात ४७ जना डेलिगेटस मध्ये बाकी १८ जना डेलिगेटसमा एनआरएनए अमेरिकाको विधानमा समेटिएको चार रिजन र त्यहाँका सदस्य संख्याको आधारमा प्रतिनिधित्व हुने गरि निर्वाचनमा सहभागि गराउन प्रस्ताव गरेको छ । जसमा उत्तर पूर्व क्षेत्रबाट ५ जना, दक्षिण क्षेत्रबाट ५ जना, मध्ये क्षेत्रबाट ४ जना र पश्चिम क्षेत्रबाट ४ जना डेलिगेटस निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनमा मतदाताले आफ्नो क्षेत्रका डेलिगेटसलाई मात्र मतदान गर्न पाउनेछन् ।
बाकी ७५ प्रतिशत डेलिगेटस मध्ये ६५ प्रतिशत बर्तमान कार्यसमिति, पुर्व कार्यसमिति, आइसीसीका विभिन्न समितिमा अध्यक्षता गरेका ब्यक्तिहरु चयन हुने आइसीसीको विधानमा उल्लेख छ । गत मे महिनामा संपन्न निर्वाचनमा बिजय भएको नयाँ कार्यसमितिका २५ जनालाई ६५ प्रतिशत भित्रै मिलाएर डेलिगेटस चयन गर्ने गत शनिवार सुनिल साहको अध्यक्षतामा बसेको बैठकले निर्णय गसिकेको छ । बाकी १० प्रतिशत नवनिर्वाचित अध्यक्षले मनोनित गर्न पाउने ब्यबस्था छ ।
विश्वको सवभन्दा ठुलो एनसीसी अमेरिकाले चयन गरेका डेलिगेटसले एनआरएनए आइसीसीको आगामी अक्टोबरमा हुने अधिवेशनमा भाग लिन पाउनेछन् ।







प्रतिक्रिया लेख्नुहोस्:-