Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै

असार १०, २०७५ १:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

खोटाङ, १० असार / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ ।

बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ ।

देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन गरेर ३३ रोपनी जग्गा खरिद गरी खेलमैदान निर्माण कार्य शुरु गरिएको थियो । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइ रहेको खेलमैदान तीन वर्षअघिदेखि नै सञ्चालनमा ल्याइए पनि व्यवस्थित गर्ने कार्य जारी रहेको क्लबका अध्यक्ष सुनिल राईले बताउनुभयो ।

जग्गा खरिद, मैदान निर्माण तथा व्यवस्थापनका लागि पूर्वसभासद् पाँचकर्ण राई (पिके)को संसदीय विकास कोषअन्तर्गत रु ४० लाख, राष्ट्रिय खेलकूद परिषद्को रु २० लाख र दाताहरुबाट संकलन भएको रकमसमेत गरी करीब रु दुई करोड खर्च भइसकेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

खेलमैदान परिसरमा शौचालय निर्माण भइसकेको छ भने हाल विशिष्ट व्यक्तिका लागि आसन कक्षसहितको व्यवस्थित मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

खेलमैदानभन्दा एक तलामाथि गाह्रो उठाएर निर्माण गरिएको मञ्चमा एट्याच ट्वाइलेटको समेत व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ भित्रै दर्शकको आवश्यक्ताअनुरुप प्याराफिट निर्माण गर्ने कार्य शुरु गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

मैदान परिसरमा खानेपानीको व्यवस्था गर्न बाँकी रहेको छ । फुटबलको मापदण्डअनुसार ११ जना खेलाडी खेल्न मिल्ने गरी खेल मैदान निर्माण गरिएको छ । यसअघि तीन चारवटा प्रतियोगिता सञ्चालन भइसकेको उक्त खेलमैदानको चारैतिर कम्पाउण्डसहितको प्याराफिट निर्माण गर्ने योजना बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

जिल्लाका अन्य स्थानमा निर्माण गरिएका खेलमैदान सञ्चालनमा रहे पनि मापदण्डअनुरुप विकास गर्न सकिएको छैन । जिल्ला र तराई जोड्ने छोटो मार्ग सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने भएकाले पनि उक्त खेलमैदानको विकासमा केन्द्रित हुनुपर्ने स्थानीयवासी बताउँछन् ।

खेलकूद कार्यक्रम आयोजना र सहभागिताका लागिसमेत बुइपा उपयुक्त भूगोल रहेको स्थानीयवासीको दाबी छ ।

निर्माणाधीन अवस्थामै रहेको उक्त बुइपा खेलमैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन अझै रु दुई करोड आवश्यक पर्ने निर्माण उपभोक्ता समितिले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result