Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुन्दरीजलस्थित प्रशोधन केन्द्र जीर्ण हुँदा धारामा धमिलो पानी

असार १०, २०७५ २:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १० असार / सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ ।

सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छवटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चारवटा केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताउनुभयो ।

धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नहुने धमिलो खस्न थालेपछि आज समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन ग¥यो । धारामा पानी नआउने, आएपनि धमिलो पानीमात्र आउने गरेकाले खानेपानीको मुहान क्षेत्रमै हाहाकार भएर अनुगमन गर्नुपरेको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।

“प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ”–उहाँले भन्नुभयो ।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा विसं २०७० मा निर्माण गरेको ‘डिस्इन्फेक्सन प्लान्ट’ (शुद्घिकरण गर्ने उपकरण) सञ्चालन नै हुन नसक्दा पनि आधुनिक प्रविधिबाट पानी प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पालले स्वीकार्नुभयो । “प्रशोधन गर्न रासायनिक पदार्थ पनि पुग्दैन, ‘डिस्इन्फेक्सन प्लान्ट’ चलेन भनेर निर्देशनालयलाई पत्र लेखे पनि न त जवाफ आयो, न बन्यो”–उहाँले भन्नुभयो ।

सुन्दरीजल क्षेत्र जाँदैमा मीठो र शुद्ध पानी पाइएला भन्ने सबैको अनुमान हुन्छ । मुहानमाथिको बस्तीका कारण पनि वर्षाको पानी प्रदूषित हुने गरेको स्थानीय सन्दीप लामाले सुनाउनुभयो । “पानीको मुहानमाथिको बस्तीमा भूकम्पले घरसँगै शौचालय पनि भत्किए, धेरै शौचालय अझै पुनःनिर्माण भइसकेका छैनन्, खुला शौचालय यहाँको बाध्यता बनेको छ, वर्षाको भेलले यो फोहर पानीपोखरीमै आउँछ”–उहाँले भन्नुभयो ।

पानीपोखरीमाथि रहेको मूलखर्क, चिलाउने, ओखरेनी, कुनेलगायतका बस्ती सार्न विगत ३० वर्षअघिदेखि बहस चले पनि अझै टुंगोमा पुग्न सकेको छैन । बस्ती स्थानान्तरण वा सरसफाइको अभियान दुवै अघि नबढ्दा उपभोक्ता भने धारामा बल्लबल्ल खसेको धमिलो पानी हेरेर बस्न बाध्य छन् ।

धारामा आएको पानी पिएपछि घाँटी दुख्ने र नुहाएमा जीउ चिलाउने समस्या देखिएको गोकर्णेश्वर नगरपालिका वडा नं ८, अत्तरखेलकी सहारा थापाको गुनासो छ । कपडा धुँदा रङ नै बदलिने समस्या आउन थालेको उहाँको भनाइ छ ।

संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनेको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको पटकपटक अनुगमन गरी सेवाको गुणस्तर सुधार्न लिमिटेडलाई दिएको निर्देशन वेवास्ता गरिएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताउनुभयो ।

“प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौँ अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन”–उहाँले भन्नुभयो ।

निर्देशनालय स्रोतले भने आइरनमात्र प्रशोधन हुनेगरी प्लान्ट बनाइएको जानकारी दिएको छ । एमोनिया जस्ता व्याक्टेरिया नयाँ स्थापना गरिएको प्लान्टबाट प्रशोधन हुन नसक्ने जनाइएको छ । सुन्दरीजलबाट उपत्यकामा वर्षामा दैनिक नौ करोड लिटर र हिउँदमा छ करोड लिटर पानी आपूर्ति हुने गरेको लिमिटेडले जनाएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result