अमेरिका । २५ प्रतिशत अर्थात ४७ जना डेलिगेटसकोे निर्वाचनका लागि क्षेत्र र च्याप्टरको समेत प्रतिनिधित्व हुने गरि निर्वाचन आयोगले तयार गरेको प्रारुपको आइसीसी सचिव गौरि जोशीले बिरोध गरेका छन् । निर्वाचन आयोगलाई एनआरएनए अमेरिकाले निर्वाचनको विधि र प्रक्रिया तय गरि निर्वाचन गर्न औपचारिक रुपले जिम्मा दिएपछि आयोगले निर्वाचन प्रक्रिया र विधिको प्रारुप हिजो साझ सार्वजनिक गरेको थियो । विधि विधान अनुरुप च्याप्टर र क्षेत्रको सन्तुलन मिलाएर तयार गरेको प्रारुपमा असन्तुष्ट हुँदै गौरि जोशीले निर्वाचन समिति र एनआरएनए अमेरिकालाई इमेल लेखेर असहमति दर्ज गरेका छन् । गौरि जोशीकै पक्षमा उभिदै आइसीसीका महासचिव हेमराज शर्माले पनि निर्वाचन आयोगको समावेशी प्रारुपको बिरोध गरेका छन् । यो विषयमा सचिव जोशीको प्रतिक्रिया लिन दूरबिन नेपालले फोन संपर्कको प्रयास गरेपनि उनी संपर्कमा आएनन् ।


एनआरएनए अमेरिकाले च्याप्टरहरुलाई पनि क्रियाशिल गराउन हरेक प्रक्रियामा सहभागि गराउने अवधारण अनुसार डेलिगेटसमा पनि एक जना सहभागि गराउने विधान बनाएको छ । त्यसै भित्र रहेर निर्वाचन आयोगले मान्यता प्राप्त २९ च्याप्टरबाट अध्यक्ष वा कार्यसमितिका कोही पनि प्रतिनिधि सिफारिस गर्न सक्ने गरि प्रस्ताव गरेको देखिन्छ ।
अमेरिकाबाट प्रतिनिधित्व गर्ने १ सय ८९ मध्ये २५ प्रतिशत अर्थात ४७ जना डेलिगेटस निर्वाचनबाट चुनिने छन् । जसमा २९ जना च्याप्टरबाट सिधै प्रतिनिधित्व गराउने र बाकी १८ जना डेलिगेटसमा एनआरएनए अमेरिकाको विधानमा समेटिएको चार रिजन र त्यहाँका सदस्य संख्याको आधारमा प्रतिनिधित्व हुने गरि निर्वाचनमा सहभागि गराउन प्रस्ताव गरेको छ । जसमा उत्तर पूर्व क्षेत्रबाट ५ जना, दक्षिण क्षेत्रबाट ५ जना, मध्ये क्षेत्रबाट ४ जना र पश्चिम क्षेत्रबाट ४ जना डेलिगेटस निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनमा मतदाताले आफ्नो क्षेत्रका डेलिगेटसलाई मात्र मतदान गर्न पाउनेछन् ।
बाकी ७५ प्रतिशत डेलिगेटस मध्ये ६५ प्रतिशत बर्तमान कार्यसमिति, पुर्व कार्यसमिति, आइसीसीका विभिन्न समितिमा अध्यक्षता गरेका ब्यक्तिहरु चयन हुने आइसीसीको विधानमा उल्लेख छ । गत मे महिनामा संपन्न निर्वाचनमा बिजय भएको नयाँ कार्यसमितिका २५ जनालाई ६५ प्रतिशत भित्रै मिलाएर डेलिगेटस चयन गर्ने गत शनिवार सुनिल साहको अध्यक्षतामा बसेको बैठकले निर्णय गसिकेको छ । बाकी १० प्रतिशत नवनिर्वाचित अध्यक्षले मनोनित गर्न पाउने ब्यबस्था छ ।
विश्वको सवभन्दा ठुलो एनसीसी अमेरिकाले चयन गरेका डेलिगेटसले एनआरएनए आइसीसीको आगामी अक्टोबरमा हुने अधिवेशनमा भाग लिन पाउनेछन् ।







प्रतिक्रिया लेख्नुहोस्:-