Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डेलिगेटस निर्वाचन प्रक्रियाको प्रारुपमा गौरि जोशीको बिरोध

च्याप्टरबाट डेलिगेटस बनाउने प्रारुपको २७ च्याप्टरका सभापतिको समर्थन

असार १०, २०७८ ७:५० मा प्रकाशित
डेलिगेटस निर्वाचन प्रक्रियाको प्रारुपमा गौरि जोशीको बिरोध
Share on FacebookShare on Twitter

अमेरिका । २५ प्रतिशत अर्थात ४७ जना डेलिगेटसकोे निर्वाचनका लागि क्षेत्र र च्याप्टरको समेत प्रतिनिधित्व हुने गरि निर्वाचन आयोगले तयार गरेको प्रारुपको आइसीसी सचिव गौरि जोशीले बिरोध गरेका छन् । निर्वाचन आयोगलाई एनआरएनए अमेरिकाले निर्वाचनको विधि र प्रक्रिया तय गरि निर्वाचन गर्न औपचारिक रुपले जिम्मा दिएपछि आयोगले निर्वाचन प्रक्रिया र विधिको प्रारुप हिजो साझ सार्वजनिक गरेको थियो । विधि विधान अनुरुप च्याप्टर र क्षेत्रको सन्तुलन मिलाएर तयार गरेको प्रारुपमा  असन्तुष्ट हुँदै गौरि जोशीले निर्वाचन समिति र एनआरएनए अमेरिकालाई इमेल लेखेर असहमति दर्ज गरेका छन् । गौरि जोशीकै पक्षमा उभिदै आइसीसीका महासचिव हेमराज शर्माले पनि निर्वाचन आयोगको समावेशी प्रारुपको बिरोध गरेका छन् ।  यो विषयमा सचिव जोशीको प्रतिक्रिया लिन दूरबिन नेपालले फोन संपर्कको प्रयास गरेपनि उनी संपर्कमा आएनन् ।

एनआरएनए अमेरिकाको विधानसम्मत रहेका २९ वटा च्याप्टरका सभापति वा च्याप्टरले तोकेको प्रतिनिधि डेलिगेटस हुने पाउने प्रावधान राखिएको छ । सार्वजनिक प्रारुपको बुधवार २७ च्याप्टरका नवनिर्वाचित सभापतिहरुले संयुक्त रुपमा समर्थन र स्वागत गरेका छन् । हिजो अर्थात मंगलवार राती निर्वाचन आयोगद्वारा जारी प्रक्रियागत अवधारणा प्रस्तावमा आइसीसी र एनसीसीको विद्यमान विधानको घेरा भित्र रहेर गर्न सकिने अरु उपयुक्त मोडालिटी भएमा समावेश गरेर जान सकिने भन्दै एनआरएनए अमेरिकाको कार्यसमिति र सरोकार राख्ने सबै पक्षलार्ई दुई दिन भित्र सुझाव पठाउन आग्रह गरेको छ ।

 

अमेरिकाका चर्चित कानुन ब्यबसायी साथै निर्वाचन आयोगका कार्यवहाक अध्यक्ष बाशु फुलाराद्वारा जारी डेलिगेट्स निर्वाचन विधि, एनसीसीको विधानको धारा १५७ र आइसीसीको विधानको धारा १३ को दफा ७ अनुरुप प्रस्ताव गरिएको उल्लेख छ ।
एनआरएनए अमेरिकाले च्याप्टरहरुलाई पनि क्रियाशिल गराउन हरेक प्रक्रियामा सहभागि गराउने अवधारण अनुसार डेलिगेटसमा पनि एक जना सहभागि गराउने विधान बनाएको छ । त्यसै भित्र रहेर निर्वाचन आयोगले मान्यता प्राप्त २९ च्याप्टरबाट अध्यक्ष वा कार्यसमितिका कोही पनि प्रतिनिधि सिफारिस गर्न सक्ने गरि प्रस्ताव गरेको देखिन्छ ।

अमेरिकाबाट प्रतिनिधित्व गर्ने १ सय ८९ मध्ये २५ प्रतिशत अर्थात ४७ जना डेलिगेटस निर्वाचनबाट चुनिने छन् । जसमा २९ जना च्याप्टरबाट सिधै प्रतिनिधित्व गराउने र बाकी १८ जना डेलिगेटसमा एनआरएनए अमेरिकाको विधानमा समेटिएको चार रिजन र त्यहाँका सदस्य संख्याको आधारमा प्रतिनिधित्व हुने गरि निर्वाचनमा सहभागि गराउन प्रस्ताव गरेको छ । जसमा उत्तर पूर्व क्षेत्रबाट ५ जना, दक्षिण क्षेत्रबाट ५ जना, मध्ये क्षेत्रबाट ४ जना र पश्चिम क्षेत्रबाट ४ जना डेलिगेटस निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनमा मतदाताले आफ्नो क्षेत्रका डेलिगेटसलाई मात्र मतदान गर्न पाउनेछन् ।

बाकी ७५ प्रतिशत डेलिगेटस मध्ये ६५ प्रतिशत बर्तमान कार्यसमिति, पुर्व कार्यसमिति, आइसीसीका विभिन्न समितिमा अध्यक्षता गरेका ब्यक्तिहरु चयन हुने आइसीसीको विधानमा उल्लेख छ ।  गत मे महिनामा संपन्न निर्वाचनमा बिजय भएको नयाँ कार्यसमितिका २५ जनालाई ६५ प्रतिशत भित्रै मिलाएर डेलिगेटस चयन गर्ने  गत शनिवार  सुनिल साहको अध्यक्षतामा बसेको बैठकले निर्णय गसिकेको छ । बाकी १० प्रतिशत नवनिर्वाचित अध्यक्षले मनोनित गर्न पाउने ब्यबस्था छ ।

विश्वको सवभन्दा ठुलो एनसीसी अमेरिकाले चयन गरेका डेलिगेटसले एनआरएनए आइसीसीको आगामी अक्टोबरमा हुने अधिवेशनमा भाग लिन पाउनेछन् ।

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै
Breaking News

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
Breaking News

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह
Breaking News

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

केपी ओलीले अत्याचार गरेपछि यो गठबन्धन बनेको प्रधानमन्त्री देउवाको दावी
Breaking News

प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्न : प्रधानमन्त्री देउवा

मन्त्री आलेको अर्को साहसिक निर्णय, ४२ करोड रोयल्टी नतिर्ने होटल याक एण्ड यतिको इजाजतपत्र रद्द
Breaking News

आलेलाई मन्त्रीको रुपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.