Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना अत्यधिक प्रभावित राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टीकट भित्रिनेहरु क्वारेन्टाइनामा बस्नु पर्ने

असार ११, २०७७ १:३१ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना प्रभावित राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टीकटमा भित्रिनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको छ । जुन २४ तारिख रातीबाट लागु भएको नियमानुसार कोरोना भाइरसबाट अत्यधिक प्रभावित राज्यहरु फ्लोरिडा, टेक्सस, उटाह, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, अर्कान्सास, एरिजोना,अलाबामा र वाशिङ्टनबाट न्युयोर्क, न्युजर्सी र कनेक्टीकट भित्रिनेहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको होे । जुन २४ तारिख बुधबार न्युयोर्कका गर्भनर, एण्ड्र्यु कुमो, न्युजर्सीका गभर्नर फि मर्फी र कनेक्टीकटका गभर्नर नेड लामोन्टले संयुक्त रुपमा सो आदेशको घोषणा गरेका हुन ।

उलंघन गरेमा १० हजार सम्म जरिवाना
यो आदेशको उलंघन गर्नेहरु उपर कानुनी कारवाही र जरिवाना हुने समेत बताइएको छ । न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले गरेको नियमित प्रेस ब्रिफिङमा क्वारेन्टाइनमा बस्नुपर्ने नियमको उलंघन गरेमा २ हजार, ५ हजार र दश हजार सम्म जरिवाना तिर्नुपर्ने बताए । यात्रा एडभाइजरी बेला बेलामा अपडेट हुने र सो प्रभावित राज्यहरुमा कोरोनाको अवस्थाको तथ्यांकको आधारमा अद्यावधिक गरिने बताइएको छ । न्युयोर्क, न्युजर्सी र कनेक्टीकट राज्य एक अर्कासंग नजिक भएका र एक राज्यमा पर्ने असरले अर्कोलाई प्रभावित पार्ने हुंदा संयुक्त रुपमा यस्तो आदेश जारी गरिएको न्युयोर्कका गभर्नर कुमोले जनाएका छन । कोरोना भाइरसको महामारीमा तीनवटै राज्यले संयुक्तरुपमा कार्य गरेकोले सकारात्मक परिणाम आएको र फेरी यो महामारीको चपेटामा नपर्नका लागि यस्तो आदेश जारी गर्नुपरेको जनाइएको छ । अनिवार्र्य क्वारेन्टाइनको आदेश १० प्रतिशत फैलदो दर भएका राज्यहरुका हकमा जारी गरिएको र तथ्यांकका आधारमा राज्यहरुको संख्या घटवढ हुन सक्ने बताइएको छ । न्युयोर्कमा कोरोना भाइरसको प्रभाव अत्यधिक भएको बेला फ्लोरिडा राज्यलेपनि न्युयोर्कबाट भित्रिनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको थियो ।
पछिल्लो समयमा न्युयोर्कमा कोरोना भाइरसको प्रभाव निकै कम हुंदै गएको छ । नयां संक्रमित, अस्पताल भर्ना हुने र मृतकको संख्यामा भारी गिरावट आउदै गएको छ । त्यसैगरी अमेरिकाका २३ राज्यहरुमा कोरोना प्रभावितको संख्यामा बृद्धि हुंदै आएको छ भने २१ राज्यहरुमा अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि हुदै गएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result