काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।
सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले ुविनियोजन विधेयक २०८१ बहुमतले पारित भएकोु घोषणा गरेकी थिइन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्ततु गरिएका थिए ।
विभिन्न मन्त्रालयका लागि विनियोजनमा ३१ जना सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन बहुमतले अस्वीकृत भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-