जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन २६
एक हप्हता देखि कागजपत्रविहिन आप्रवासीहरुमाथीको धरपकड कायम राखेको आइसीइले ७५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विभिन्न सात देशका नागरिक रहेका छन । जसमध्ये सबैभन्दा धेरै ५८ जना मेक्सिकोका नागरिकहरु छन । त्यस्तै ग्वाटेमाला र होण्डुरसका समान ६ जना, एल साल्भाडोर र इक्वेडरका एक एक जना रहेको आइसीइले जनाएको छ । आजैमात्र नेपालीहरुको बाक्लो बसोबास रहेको मेरिल्याण्डबाट ९ जनालाई पक्राउ गरेको छ । त्यस्तै भर्जिनिया राज्यमा पनि आइसीइले छापा मारेको जनाइएको छ । गत सोमबार टेक्ससबाट ५२ जनालाई पक्राउ गरिएको थियो । आइसीइका डालास ब्युरो निर्देशक मार्क म्युरोले आपराधिक गतिविधिमा संलग्नहरुलाई मात्र पक्राउ गरिएको र यसले स्थानीय समुदायलाई फाइदा नै पुग्ने बताए । आइसीइको धरपकड बढ्दै गएपछि स्थानीय सामुदायिक संघ संस्थाले विना वारेन्ट आइसीइलाई घरभित्र प्रवेश गर्न नदिन, आइसीइले पक्राउ गरेमा मौन बस्ने अधिकार प्रयोग गर्न तथा कुनैपनि काजगमा सहि नगर्न सुझाएका छन ।







प्रतिक्रिया लेख्नुहोस्:-