Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भोटको लोभमा एनआरएनए अमेरिकालाई कमजोर र बदनाम बनाउनु हुँदैन: सोनाम लामा

असार १२, २०७८ ४:०८ मा प्रकाशित
भोटको लोभमा एनआरएनए अमेरिकालाई कमजोर र बदनाम बनाउनु हुँदैन: सोनाम लामा
Share on FacebookShare on Twitter

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचन आयोगलाई २५ प्रतिशत डेलिगेटसको निर्वाचनको विधि र प्रक्रिया तयार गरि काम गर्न कार्यसमितिले पत्र दिएको केही दिनमा नै अध्यक्ष सुनिल साहले निर्वाचन प्रक्रिया कै सन्दर्भमा  अर्को समिति बनाएपछि यो विषय अहिले चर्चामा छ । सुनिल साहले राजन पन्तको संयोजकत्वमा तीन सदस्य समिति बनाएर डेलिगेटस  टुंगो लगाउन भन्दै कुन खालको अधिकार प्रत्यायोजन गरेको भन्ने प्रष्ट नगरी   जिम्मा दिएको एनआरएनएद्वारा हिजो जारि विज्ञप्तिमा उल्लेख छ ।

यता निर्वाचन आयोगले भने विधिवत ढंगले दिइएको जिम्मा र अधिकार क्षेत्र भित्र रहेर काम गरिरहेकाले निर्वाचन गराउने प्रक्रियाबाट पछि नहट्ने प्रष्ट गरेको छ ।

अमेरिकाका चर्चित कानुन ब्यबसायी तथा कार्यवहाक निर्वाचन आयुक्त वाशु फुलाराले हिजो नै निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेका छन् । निर्वाचन आयोगलाई कार्यसमितिले दिएको जिम्मेवारी, अमेरिकाको कानुन र संस्थाको विधानले दिएको अधिकार क्षेत्र भित्र रहेको प्रक्रिया अगाडि बढि रहने दूरबिन नेपाललाई फुलाराले बताए ।

तीन सदस्य कमिटिका संवन्धमा निर्वाचन आयोगले आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ “निर्वाचन प्रक्रियामा तोकिएको समयमा मागिएको सुझाव कार्यसमितिको निर्णय अनुसार हामीलाई प्राप्त भएन। तर तीन सदस्य कमिटी भनेर सूचना प्रकाशित गरेको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। एनसीसीले पठाएको पूर्वनिर्णय अनुसार आयोगले आवश्यक संचार र परामर्शको लागि अध्यक्ष र महासचिव मात्र हो। अन्यलाई परामर्श गर्नुपर्ने कुनै बैधानिक कारण देखिएन। तर पनि हामीले उहाँहरुसँग आवश्यकता भएमा या परेमा सम्पर्क गर्नेछौं। यतिमात्र होइन एनसीसी अध्यक्ष सुनिल साह, संघका क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल र अन्तराष्ट्रिय सचिव गौरी जोशी, महासचिव हेमराज शर्मा, उपाध्यक्षहरु सोनाम लामा, रविना थापा, अध्यक्ष कुमार पन्तसँग पनि आवश्यकता अनुसार सम्पर्क गरिने वा गरिएको कुरा समेत जानकारी गराइन्छ।”

निर्वाचन आयोगले डेलिगेट्स निर्वाचनमा भाग लिन चाहनेहरुका लागि भोलीसम्मको समय तोक्दै उम्मेदवार हून चाहनेहरुलाई उम्मेदवारी दाखिला गर्ने लिंक समेत सार्वजनिक गरेको छ ।   https://www.nrnusa.org/media/election_document/ICC_Delegates_Nomination_Form_Link.pdf

डेलिगेटस्न चयनको समयमा एनआरएनए अमेरिकामा विभिन्न पक्षवीच आरोप प्रत्यारोप र आफ्नो अनुकुलका ब्याख्या र विश्लेषणहरु हुने गर्छन् । २५ प्रतिशत डेलिगेट्सको निर्वाचनका सन्दर्भमा एनआरएनए आइसीसीका उपाध्यक्ष सोनाम लामाले दूरबिन नेपालसँग संक्षिप्त कुरा गर्दै भने  “डेलिगेट्स चयन गर्दा एनसीसीहरुले आफ्नो विधान अनुरुप काम गर्छन् । यदि कुनै कुरा प्रष्ट नभएमा आइसीसीको विधान अनुसार काम गर्न मिल्छ । अहिले आइसीसी र एनसीसीका विधानमा समानता ल्याउने प्रयास भइरहेको छ । एनआरएनए अमेरिकाले पनि अगामी अधिवेशनबाट विधान संसोधन गरेर त्यसलाई मिलाउने भनेको छ । एनसीसीहरुले ल्याण्ड अफ ल लाई मिचेर जान मिल्दैन । आईसीसीले विधानमा नै त्यो कुरालाई स्विकार गरेको छ ।”

आईसीसीले डेलिगेटेस चयनमा हस्तक्षप नगर्ने प्रष्ट गर्दै सोनाम लामाले भने “एनसीसीले सबै प्रक्रिया पुरा गरेर विधानसम्मत ढंगले चयन गरेर पेश गरेका डेलिगेटसनै मान्य हुन्छन् ।”

अहिलेको डेलिगेटस विबाद मिल्नेमा लामा आशावादी देखिएकाछन् । लामाले भने “एनसीसी अमेरिकाको सदस्यता वितरण नै रोक्न कतिपय लागि परेका थिए । तर सदस्यता वितरण प्रक्रिया रोक्न मिल्ने कुरै थिएन । निर्वाचन नै गर्न नदिन पनि प्रयास गरेका थिए । निर्वाचन पनि भयो । अहिले आइसीसी डेलिगेटसको निर्वाचनमा विबाद गर्न खोजेको देखिएको छ । त्यसमा पनि विधि विधान भित्रै रहेर समाधान आउछ । भोटका लागि एनआरएनए अमेरिका जस्तो सबै भन्दा ठुलो एनसीसीलाई कमजोर र बदनाम बनाउनु हुँदैन ।”

एनआरएनए अमेरिकाका उपाध्यक्ष वी आर लामा डेलिगेट्स चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिइसकेपछि अर्को समिति बनाएर जिम्मा दिनु संस्थाको विधान विपरित भएको बताउछन् । लामाले भने  “एनआरएनए अमेरिकाको विधान अनुसार निर्वाचन संवन्धि संपुर्ण काम निर्वाचन आयोगले मात्र गर्न सक्छ । विधान विपरित बनाउन लागिएको नयाँ समितिको प्रस्ताव पुनर्विचार गरियोस भनि मैले विधिसम्मत ढंगले राखेको प्रस्तावमा छलफल र मतदान समेत भएन ।”

डेलिगेटस विवादको जरो 

डेलिगेटस विवादको खेल सुनियोजित भएको लामाको बुझाइ छ । लामा भन्छन्  “आइसीसी उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा र सचिव गौरि जोशीले सुनिल साहको नेतृत्वको कार्यसमितिलाई विभिन्न बाहानामा दुख दिदै बिघटनका प्रयास गरिरहेका थिए । साहलाई अपदस्त गरेर तदर्थ समिति बनाएर आफुखुसी प्रतिनिधि लाने उनीहरुको चाहाना थियो जस्तो लाग्छ । त्यो संभव भएन । निर्वाचन गर्न नदिएर आरसीको अधिनमा समिति बनाएर डेलिगेटस् लाने उनिहरुको अर्को प्रयास पनि थियो । त्यो पनि सफल भएन । अहिले त्यसैको निरन्तरता हो डेलिगेट्स निर्वाचनको विवाद ।”

उपाध्यक्ष लामाको कतिपय भनाइसँग महासचिव पशुपति पाण्डे र अध्यक्ष सुनिल साह पनि सहमत छन् । महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाका हरेक एजेन्डाहरु बैठक अगाडि नै गौरि जोशी र उनका सहयोगीहरुलाई थाहा दिएर उनीहरुले नै भने अनुसार बैठकमा प्रस्तुत हुनु पर्ने कुरामा सहमत हुन नसकेर दुरीमा बसेको आफु निकट ब्यक्तिहरुलाई बताउने गरेका छन् । साह नेतृत्वको एनआरएनए अमेरिकालाई विघटन गरेर तदर्थ समिति बनाउने चाहाना बुझे पछि त्यसमा साथ दिन संभव नभएर त्यो समुहसँग टाढा बस्नु परेको पाण्डेले दुखेसो पोख्ने गरेका छन् । अध्यक्ष साहले पनि आइसीसी उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा र सचिव गौरि जोशीले आफ्नो कार्यकाल भरि नै समस्यामा मात्र पार्न खोजेको आफ्ना निकटकासँग दुखेसो पोख्ने गरेका छन् । साहले त्यो समुहले निर्वाचन नै गर्न नदिन प्रयास गरेको भएपनि आफुले नडगमगाई संभव बनाएको अनौपचारिक छलफलहरुमा बताउदै आएका छन् ।

साह र जोशी पहिलो पटक मिले

गत निर्वाचनमा आफु निकटका केही ब्यक्तिहरु पराजित भएपछि उनीहरुकै दवावमा अध्यक्ष साह अहिले अर्को पराजित समुहसँग मिलेर नवनिर्वाचित समुहलाई समस्यामा पार्ने खेलमा लाग्न खोजेको कतिपयको बुझाइ छ । एनआरएनए अमेरिकाको संस्थापन पक्ष दुई चोइटा भएर मिल्नै नसक्ने गरि चुनावमा होमीसकेपछि फुटको बीचबाट जीत हासिल गर्न सक्ने अनुमान गरि कृष्ण लामिछानेको नेतृत्वमा उठाएको आफ्नो समुह पनि पराजित भएपछि गौरि जोशी सवै भन्दा बढि आहात भएका थिए । सुनिल साह नजिकका पराजितहरु भड्कदै जोशीको शरणमा पुगेका छन् । त्यहीबाट अध्यक्ष साहलाई आइसीसी सचिव जोशीले आफ्नो पक्षमा तान्न प्रयास गरेका छन् ।

रोचक पक्ष के छ भने कार्यकाल सकिन केही दिन बाकी रहदा पहिलो पटक विहिबार अध्यक्ष साहको निर्णयको पक्षमा आइसीसी सचिव गौरि जोशी देखिए । विधानका कुनै पनि दफा र धारा उल्लेख नगरि अध्यक्ष साहले डेलिगेट्स चयनका लागि राजन पन्तको नेतृत्वमा बनाएको समितिको विज्ञप्तिलाई गौरि जोशीले स्वागत गर्दै आफ्नो फेसबुक वालमा सार्वजनिक गरे । आइसीसीको विधानको हवला दिएर हुन्छ वा अध्यक्ष साहलाई उचालेर होस डेलिगेट्स चयन र एनआरएनए अमेरिकालाई विवादमा तानिराख्ने जोशी समुहको प्रयास देखिन्छ ।

निसानामा च्याप्टर प्रतिनिधि

एनआरएनए अमेरिकाको विधानमा च्याप्टर अध्यक्ष वा च्याप्टरले तोकेको ब्यक्ति डेलिगेटस हुने प्रष्ट छ । निर्वाचनको प्रक्रिया र कार्यविधिमा निर्वाचन आयोगले निर्वाचित गर्ने २५ प्रतिशत डेलिगेटसमा २९ च्याप्टरको अधिकार सुरक्षित गर्दै बाकी १८ जनाको निर्वाचन गराउने उल्लेख गरेपछि निर्वाचन आयोग माथि गौरि जोशी खनिएका थिए ।

प्रारुप सार्वजनिक भएको १ घण्टामा नै जोशीले इमेल मार्फत आफ्नो आक्रोस छताछुल्ल पारे । निर्वाचन आयोगले विधानसम्मत हुने गरि उपयुक्त प्रक्रिया, विधि र सुझाव भए समावेस गरेर अगाडि बढ्न सुझाव मागेको थियो । कार्यवहाक अध्यक्ष बासु फुलारालाई संवोधन गर्दै विधानको ब्याख्या आयोगले गर्न नपाउने भन्दै धारा र दफाहरु उल्लेख नै नगरी हेपाहा शैलीको भाषमा लेखिएको इमेलमा डेलिगेट्स चयन आइसीसीको विधानबाट मात्र हुने उल्लेख गरेका छन् ।जोशीले  सिधै आइसीसीले नै एनआरएनए अमेरिकाका डेलिगेटसको निर्वाचन गराउने धम्किपुर्ण भाषा प्रयोग गरेका छन् ।  एनसीसीको विधानले नै च्याप्टरका लागि सुरक्षित गरेको  पदमा पनि आफ्नो अनुकुलका मानिसहरु लान साहलाई हतियार बनाएर जोशी प्रत्यक्ष निर्वाचन गराउन चाहन्छन् भन्ने यसबाट प्रष्ट भएको छ ।

आइसीसी सचिव जोशी र अध्यक्ष साहले निर्धारित समयसम्म निर्वाचन मोडालिटीको विषयमा औपचारिक रुपमा सुझाव पठाएनन् । आफ्नो अनुकुलका ब्यक्तिहरुलाई डेलिगेट्समा छान्न सजिलो होस भनेर अर्को समिति बनाएको धेरैको बुझाई छ ।

अध्यक्ष सुनिल साहले विभिन्न पक्षसँग मिलेर डेलिगेटस निर्वाचनलाई प्रभावित र विवादित बनाउन खोजेको आरोपको खण्डन गरे । दूरबिन नेपालसँग कुरागर्दै शाहाले भने  “एनआरएनए अमेरिकालाई विवादबाट बाहिर निकाल्न म सबै हिसावले तयार छु । विधि विधान र प्रक्रियाहरुमा कसैसँग संझौता गर्दिन । वाहिर आएका हल्ला र तर्कहरुमा कुनै सत्यता छैन ।”

न्युयोर्क च्याप्टरका नवनिर्वाचित सभापति आङछिरिङ शेर्पा भन्छन्   ” एक हजार सदस्य भएका युरोपका देशबाट एक सय भन्दा बढि डेलिगेट्स जान्छन् । हाम्रो ४ हजार सदस्य भएका च्याप्टरलाई एउटा डेलिगेटस पनि नदिने कुरा अव ग्लोबल्लि उठाउनु पर्छ । देशको सदस्य संख्याको हिसावले डेलिगेटस हुनुपर्छ । विधानले दिएको एउटा डेलिगेटस पाउने ठाउँमा पनि आइसीसीको विधान देखाउदै गरिएको हस्तक्षेप हामीलाई स्विकार्य छैन । अहिले निर्वाचन आयोगले अगाडि सारेको मोडालिटी नै ठिक छ ।”

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result