काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले तथ्यांकका आधारमा नीति निर्माण गर्नुपर्ने बताएका छन्।
उनले सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै यस्तो बताएका हुन्।
उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्यांक कार्यालयले संर्वेक्षण गरेको तथ्यांक उपयोगी हुने बताए। उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताए। सभामुख घिमिरेले पछिल्लो जनगणना प्रतिवेदन तथ्यांक कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-