काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विचाराधीन लगानी सहजीकरणसम्बन्धी विधेयकका विषयमा सरोकारवालासँग परामर्श गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले उक्त विधेयकमा सन्दर्भमा कानुन व्यवसायीका साथै उद्योगीहरूसँग परामर्श गरेको हो। परामर्शका आधारमा विधेयकमाथि कांग्रेसका सांसदहरूले आवश्यक संशोधन दर्ता गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
उनले स्वदेशीका व्यवसायीका साथै बाह्य लगानीकर्तालाई सहजरूपमा लगानी गर्नका लागि आफू अर्थमन्त्री हुँदा नै लगानी सहजीकरणसम्बन्धी विधेयक अघि बढाइएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-