काठमाडौं । एआइजी विश्वराज पोखरेलले दायर गरेको आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।
आजको मुद्दामा महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले बहस गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
सो रिटमा जेठ १७ मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-