Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आईसीसी–एनसीसी कसैले पनि विकल्प दिनु भएन:  बाशु फुलारा

असार १४, २०७८ २:०८ मा प्रकाशित
आईसीसी–एनसीसी कसैले पनि विकल्प दिनु भएन:  बाशु फुलारा
Share on FacebookShare on Twitter

एनआरएनए अमेरिकाले आइसीसी डेलिगेटस चयनका लागि २५ प्रतिशत डेलिगेटसको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई जिम्मा दिएको छ । च्याप्टर, क्षेत्र र जनसंख्याको आधारमा आयोगले मोडालिटी बनाए पछि बिरोध र समर्थनमा वहसहरु चलिरहेका छन् । यसै सन्दर्भमा चर्चित कानुन ब्यबसायी तथा निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त वाशु फुलारासँग दूरबिन नेपालले गरेको कुराकानी :

दूरबिन नेपाल:    २५ प्रतिशत डेलिगेटसको निर्वाचन प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?

वाशु फुलारा:  एनआरएनए आइसीसी अमेरिकाको विधानले निर्वाचनसँग संवन्धित काम गर्ने अधिकार  निर्वाचन आयोगलाई दिएको छ । एनआरएनए अमेरिकाको कार्यसमितिले औपचारिक बैठक गरि २५ प्रतिशत आइसीसी सदस्यहरुको निर्वाचन गर्न निर्वाचन बोर्डलाई पत्र दिनु भएको छ । त्यसै आधारमा अहिले निर्वाचन प्रक्रिया अगाडि बढि रहेको छ । डेलिगेटस बन्न योग्यता पुगेका व्यक्तिहरुले उम्मेदवारी दिनु भएको छ ।

दूरबिन नेपाल: निर्वाचन बोर्डले आइसीसीको विधिविधान र प्रकृया फलो गरेन भन्ने आरोप तपाईहरु माथि लागेको छ  । तपाईहरुले मनोमानी नै गरेको हो ?

वाशु फुलारा:  हामीले एनआरएनए आइसीसीको २०२१मा संसोधित विधानको दफा १३ को उपदफा ७ बमोजिम र एनसीसीको विधानको धारा अनुसार काम गरेका छौ । साथै एनआरएनए अमेरिकाको विधानको १५ औं संसोधनको धारा १५७ सी ले ब्यबस्था गरे अनुसार मोडालिटी बनाएर । त्यसलाई सार्वजनिक गरि सबै सरोकार पक्षको सुझाव मागेर विधि संवत ढंगले काम गरेका छौ । एउटा बैध संस्थाले दिएको जिम्मेवारीमा विधिवत ढंगले काम गर्दा मनोमानी कसरी हुनसक्छ ?

दूरबिन नेपाल:  २५ प्रतिशत डेलिगेटसको निर्वाचनमा २९ च्याप्टरहरुका लागि आरक्षित गरेर बाकी १८ जनामा मात्र निर्वाचन गराउन कसरी मिल्छ ? तपाईहरुले कुन आधारमा त्यो मोडालिटी बनाउनु भएको हो ?

  वाशु फुलारा:   आइसीसीको विधानले २५ प्रतिशतको निर्वाचन गराउन मात्र भनेको छ । कसरी, कुन विधि र कुन प्रक्रियाबाट गर्ने भन्ने किटान गरेको छैन । एनसीसीले कुन मोडालिटी अपनाउने र निर्वाचन गराउने भनेर विधि र प्रक्रिया दिएको छैन । निर्वाचन बोर्डलाई नै २५ प्रतिशतको निर्वाचनको विधि प्रकृया र मापदण्ड बनाउन जिम्मेवारी दिइएको छ । हामीले आइसीसी र एनसीसीको विद्यमान विधानले डेलिगेटस चयनका लागि प्रष्ट गरेका कुराहरु समावेस गरेर मोडालिटी बनाएका हौं । एनसीसीको धारा १५७ सी मा  च्याप्टरले तोकेको ब्यक्ति डेलिगेटस् हुने भनेको छ । त्यसलाई हामीले समावेस गरेको मात्र हो ।  हामीले आरक्षित गरेको हैन ।

दूरबिन नेपाल:   एनसीसी र आइसीसीका कतिपय पदाधिकारीहरुले नै तपाईहरुले बनाएको मोडालिटी विधिसम्मत छैन । सार्वजनिक गरेको निर्वाचन प्रक्रिया पनि ठिक छैन भनेका छन् । तपाईहरुले उनीहरुको कुरा नसुन्नु भएको हो ?

वाशु फुलारा:   निर्वाचन बोर्ड एनआरएनए अमेरिकाको निर्वाचन गराउने एक मात्र बौधानिक निकाय हो । यसले विधि विधान र नजिरहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेर त्यसको परिधि भित्र रहेर काम गर्छ । एनसीसी कार्यसमितिको बैठकबाट विधिसम्मत ढंगले दिएको जिम्मेवारी अनुसार हामीले निर्वाचनको मोडालिटी बनायौं । प्रस्तावित मोडालिटीमा सुधार गर्नु पर्ने वा अरु उपयुक्त विधि र मोडालिटी छन् भने पठाउन र सुझाव दिन हामीले सबै सरोकारवाला पक्षलाई दूई दिनको समय दियौं । आईसीसी–एनसीसी साथै सरोकार राख्ने पदाधिकारी देखि आम सदस्य कसैले पनि लिखित रुपमा विकल्प दिनु भएन  । त्यसपछि बल्ल हामीले प्रस्तावित मोडालिटिलाई आधार बनाएर अगाडि बढ्यौं । विधिसम्मत ढंगले आउदा हामीले कसैलाई नसुन्ने वा नटेर्ने  भन्ने हुँदैन । निर्वाचन बोर्डले को ब्यक्तिले के बोल्यो भन्दा पनि विधि विधान र तय गरिएका मापदण्डले के भन्छ भनेर हेर्ने हो ।

दूरबिन नेपाल:  अहिले निर्वाचन बोर्डले गरेको डेलिगेटसको  निर्वाचनले बैधता पाउदैन भनिरहेका छन् । साथै डेलिगेटसको टुंगो लगाउन एनसीसी बोर्डले अर्को समिति पनि बनाइसकेको देखिन्छ । तपाईहरुले गरेको कामले बैधता पाउला ?

वाशु फुलारा:  निर्वाचन बोर्डलाई विधिवत ढंगले निर्वाचनका लागि दिइएको जिम्मेवारी निर्वाह गरिरहेका छौं । बोर्डले आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गर्ने हो । विधिसम्मत ढंगले गरेको डेलिगेटस निर्वाचनलाई मान्यता दिने वा नदिने उहाँहरुको कुरा हो । कानुले विधि विधा र प्रक्रिया भन्दा माथि कोही पनि हुँदैन र हुनखोज्नु हुँदैन भन्छ । यदि त्यसो गरियो भने दण्डनीय हुन्छ भन्छ कानुनले । हामी त्यसमा विस्वास गर्छौ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result