काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हतारमा तत्काल वामपन्थी एकता गर्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । उनले शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिनुपर्ने बताए । । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरू अगाडि बढेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-