Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिमवत्खण्ड कला साहित्य सम्मिलन परामर्श समिति गठन

असार १७, २०७५ २:१४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ असार/ प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भानुजयन्तीका अवसरमा हुन लागेको ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन–२०७५’ अन्तर्गत विशेष परामर्श समिति गठन भएको छ ।
गुरु बरालको संयोजकत्वमा गठित समितिमा मोदनाथ प्रश्रित, दीनानाथ शर्मा, प्रदीप गिरी, शान्ता मानवी, देवराज घिमिरे, डा तुलसी भट्टराई, डा विजय सुब्बा र प्रा डा उषा ठाकुर हुनुहुन्छ ।
दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला, साहित्य र संस्कृतिः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ मूल उ्दघोषका साथ यहाँ यही असार २९, ३० र ३१ गते पहिलो कला साहित्य सम्मिलन हुँदैछ ।
हिमवत् खण्डमा आधारित कला, साहित्य र समृद्धिका आधारहरु पहिल्याउने तथा समृद्ध समाज निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्का स्रष्टा तथा साधकका योगदानका पक्षहरु उजागर गर्ने सम्मिलनको उद्देश्य हुने छ ।

‘हिमवत् क्षेत्रका भाषाको उद्भव र विकासको आयाम’, ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ र ‘नेपाली कला संस्कृतिको फैलिँदो आकाश’ विषयका कार्यपत्रसहित छलफल हुनेछ । ती कार्यपत्र प्रा डा माधवप्रसाद पोखरेल, प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा कविता लामा र ठाकुरप्रसाद मैनालीले प्रस्तुत गर्नुहुनेछ । सम्मिलनमा बहुसांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम, बहुभाषिक कविगोष्ठी र हास्यव्यङ्ग्य साँझ हुनेछन् ।
तीनदिने कार्यक्रमअन्तर्गत अन्तिम दिन चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला तथा नेपाल बाहिरका नेपाली कविता एवं समृद्धिका निम्ति कविताको प्रस्तुति पनि हुनेछ । भारतका डा करण सिंह र नेपालका प्रा डा वासुदेव त्रिपाठी विशेष अतिथि रही समीक्षात्मक मन्तव्य पनि दिनुहुनेछ ।

प्रा डा राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, तथा सदस्यमा डा विजय सुब्बा, प्रा डा कृष्णप्रसाद घिमिरे, डा विन्दु शर्मा, यशोदा अधिकारी, अनिल पौडेल, अशोक राई, श्याम रिमाल, दिनेश डिसी, देवी घिमिरे डा पुष्करराज भट्ट, फूलमान बल, श्याम सापकोटा, देशभक्त खनाल, प्रेमनाथ अधिकारी, युवराज बाँस्कोटा, शान्ता मानवी, वासुदेव अधिकारी, दयालबहादुर शाही, राम विनय र आरएम डंगोल तथा सदस्य सचिवमा डा. देवी नेपाल र कार्यालय सचिवमा जयन्ता पोखरेल र हरिप्रसाद भण्डारी हुनुहुन्छ । समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result