काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्य भएर मात्रै नयाँ पार्टी बनाएको बताएका छन् । उनले सोमबार पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो प्रस्ट्याएका हुन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो’, एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीभित्र माग भइरहेका बेला नेपालले विद्रोहबारे पुष्टि गर्ने प्रयास गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-