Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रवासीद्वारा विद्यालय निर्माण

असार १८, २०७५ ४:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

बागलुङ, १८ असार/ बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ ।

गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । रु २५ लाखको लागतमा निर्मित चार कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि उक्त भवन समाजका तर्फबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन निर्माण गरिएको समाजका अध्यक्ष थापाले बताउनुभयो । अंग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा गरिएको सांगीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय बनाउन खर्च गरिएको उहाँको भनाइ छ ।

भवन नभएपछि बालबालिकाले खुला चौरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले गत वर्षको असारदेखि भवन निर्माण शुरु गरेको थियो । भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण गरेर समाजले प्रशसंनीय कार्य गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद गौतमले बताउनुभयो ।
समाजले बागलुङ जिल्लाका केही स्वास्थ्य संस्थालाई एम्बुलेन्सलगायतका महँगा स्वास्थ्य उपकरणसमेत सहयोग गरेको छ । शैक्षिक क्षेत्र, प्राकृतिक प्रकोपका बेलासमेत आर्थिकलगायतका विभिन्नखाले सहयोगमा समाज सक्रिय छ । गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमै समेत क्रियाशील छ । रासस

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result