Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउनडेशन अस्ट्रेलियाद्वारा शिक्षा सम्बन्धी वेबिनारको आयोजना

असार २०, २०८१ १:१२ मा प्रकाशित
जय नेपाल फाउनडेशन अस्ट्रेलियाद्वारा शिक्षा सम्बन्धी वेबिनारको आयोजना
Share on FacebookShare on Twitter

अष्ट्रेलिया । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले शनिबार आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्व सुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षा (distance learning) लाई बढावा दिनु पर्ने जनाएका छन्।

नेपाल खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) की उप कुलपति प्रा शिलु मानन्धरले उच्च शिक्षामा पहुँच नपुगेका जनसमूदायलाई शिक्षामा पहुँच पु-याउनका लागि खुला शिक्षाको अवधारणा आएको बताइन् । पहिला पनि यो पद्धति रहे पनि कोभिड १९ को लकडाउनपछि यसको महत्व बढेको उनले बताइन् । तर अहिले पनि खुला विश्वविद्यालयबाट उत्तिर्ण भएका विद्यार्थीहरुले मान्यता पाउन ढिला हुँदा केही अप्ठेरो परेको उनले बताइन् । विगतमा केही विषयहरुमा अध्ययन गर्दा उनीहरुले रोजगारीका लागि निवेदन दिन पाएका थिएनन् । यसैगरी खुला विश्वविद्यालय बाट पासआउट भएका विद्यार्थीहरुले थप उच्च शिक्षाका लागि अघि बढ्न खोज्दा अन्य संस्थाहरुले रोक लगाउँदा केही अप्ठेरो परेको पनि मानन्धरले बताइन् । उनले खुला विश्वविद्यालय जय नेपाल फाउन्डेशन लगायत प्रवासमा रहेका नेपाली प्राज्ञहरुसंग सहकार्य गर्न इच्छुक रहेको पनि बताइन्।

अष्ट्रेलियाको सदर्न क्विन्सल्याण्ड विश्वविद्यालय अन्तर्गत स्कुल अफ सर्भेइंग एण्ड बिल्ट अनभायरनमन्टका प्राध्यापक डा देवराज पौड्यालले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरु मिलेर झन्डै १,१०० भन्दा बढी डिग्री कार्यक्रमहरु खुला तथा दूर शिक्षा मार्फत संचालन भै रहेको उनले बताए। आफ्नो विश्वविद्यालयमा अहिले झन्डै ४५० जना नेपाली विद्यार्थीहरु पढी रहेको पनि उनले जानकारी दिए। न्यु कोलम्बो प्लान अन्तर्गत आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई स्थलगत अध्ययनका लागि नेपाल लगेर जाने गरेको उनले बताए। प्राध्यापकहरुले कक्षामा पढेको भन्दा बढी विद्यार्थीहरुले ‘कृत्रिम बुद्धिमत्ता’ (एआइ) बाट सिकी रहेको उनले जनाए।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले शिक्षाको क्षेत्रमा अझैं धेरै काम गर्नु पर्नेमा जोड दिएका छन् । नेता कोइरालाले हरेक दिन नेपालको उच्च शिक्षाको गुणस्तरमा ह्रास आइरहेको पनि टिप्पणी गरे । नेपालको सन्दर्भमा खुला शिक्षा अत्यन्त उपयोगी रहेको बताउंदै नेपालको उच्च शिक्षालाई कसरी सुधार्ने भन्ने बारे विज्ञहरुको सुझा लिएर सरकारले तत्काल पहल थाल्नु पर्नेमा जोड पनि दिए ।

अष्ट्रेलियास्थित नेपाली दूतावासका उप नियोग प्रमुख कुलबहादुर मगरले नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको माध्यमबाट अर्बौ रकम गइरहेकाले नेपालका विश्वविद्यालयहरुको भविष्यका लागि पनि सरकारले सोँच्नु पर्नेमा जोड दिए । अहिले पनि स्वदेश र विदेशको शिक्षाकोबीचमा खाडल रहेको बताउँदै हुने खाने र हुँदा खाने वर्ग भनेर शिक्षामा भिन्नता देखिनु देशकै लागि दुःखद् भएको बताए । सरस्वती क्याम्पस, काठमाडौंका सह प्राध्यापक डा बिष्णु पोखरेल, अमेरिकामा बसोबास गर्ने शहरी योजनाविद प्रा डा अम्बिका प्रसाद अधिकारी, डा प्रमोद ढकाल, डा हिमलाल घिमिरे, डा द्रोण रसाली लगायतले आफ्ना धारणा राखेका थिए ।

वेबिनारमा भौगोलिक रुपले विकट नेपालको पहाडी इलाका तथा तराईको पिछडिएका क्षेत्रमा दूर शिक्षाको पहुँच कसरी विस्तार गर्ने, अष्ट्रेलिया लगायत संसारभरिका विश्व विद्यालयहरुसंग विद्यार्थी तथा फ्याकल्टी आदान प्रदान लगायत कसरी सहकार्य प्रवर्द्धन गर्ने र दूर शिक्षालाई कसरी कम लागतमा दीगो बनाउने लगायतका विषयमा छलफल गरिएको थियो।

जय नेपाल इन्टरनेशनल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरका सचिव अभिमन्यु केसीले संचालन र डा. राजु अधिकारीले सहजीकरण गरेको कार्यक्रममा अष्ट्रेलिया च्याप्टनरका अध्यक्ष डा. डिल्ली बन्जाडेले स्वागत गरेका थिए भने जय नेपाल इन्टरनेशल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिए ।

 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result