Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकसय बोकेर काठमाडौं छिरेका थिए-कृषि विकास बैंकका सिइओ गुरुङ !

असार २०, २०८१ ५:३५ मा प्रकाशित
एकसय बोकेर काठमाडौं छिरेका थिए-कृषि विकास  बैंकका सिइओ गुरुङ !
Share on FacebookShare on Twitter

न्यूयोर्क ।
लमजुङ समाज न्यूयोर्क अमेरिकाले कृषि विकास वैक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत गोबिन्द गुरुङसँग मिट एण्ड ग्रीट कार्यक्रम गरेको छ । एडभान्स लर्निङ प्रोगाममा सहभागी हुन अमेरिका आएका प्रमूख कार्यकारी अधिकृत गुरुङसँग लमजुङ समाज अमेरिकाले मिट एण्ड ग्रीट कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख कार्यकारी अधिकृत गुरुङले विदेशी भूमीमा आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । गुरुङले आफु २०४२ सालमा फुपुबाट ऋण सापटी लिएर काठमाण्डौ छिरेको अनुभव सुनाए । काठमाण्डौमा आफन्तहरु कोही नभए पनि आफुले संघर्ष गरेर पढेर २०४९ सालमा नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेको बताए । गुरुङसँग नेपाली र विदेशी गरेर विभिन्न ६ वटा बैंकमा २८ बर्ष काम गरेको अनुभव छ । गुरुङले कृषि विकास बैकमा प्रमुख कार्यकारी अधिकृत हुँदा खराब कर्जाको अनुपात ४.५२ थियो भने गुरुङले नेतृत्व सम्हालेदेखि गएको असार मसान्त सम्ममा ३ अर्ब ११ करोड नाफा कमाउन सफल भएको जानकारी दिए । कृषि विकास बैंकले कर्जा १० प्रतिशत कर्जा बढाउन सफल भएको जानकारी दिंदै गएको ९ महिनाको तुलनामा यो बर्षको ९ महिनामा ९७.२२ प्रतिशतले नाफा गरेको बताए । उनले भने, सेवा राम्रो दिएर, बचतमा ब्याजदर घटाएर र कर्जामा ब्याजदर बढाएर बैकले यो नाफा कमाउन सफल भएको हो । बैंकको साख जोगाउनका लागि प्रणालीगत जोखिम बढ्ने भएकोले राष्ट्र बैकको नियम पालना गर्दै बैकलाई दिगो बनाउनका लागि काम गरिरहेको बताए । २०४२ सालमा एसएलसी पास गरेर १ सय रुपैया लिएर काठमाण्डौ छिरेका गुरुङले म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । गुरुङले म्यानमार सिटिजन्स बैंकमा सीईओको रुपमा १ बर्ष ६ महिना काम गरेका थिए ।
हिमालयन बैक, ग्लोबल आइएमई बैंक, मेघा बैंक, सिभिल बैंक र म्यानमार सिटिजन्स बैंकमा काम गरेको अनुभव छ । मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरका रुपमा प्रवेश गरेका गुरुङले चिफ कर्पोरेट बैंकिङको जिम्मेवारी सम्हालेका थिए । डेपुटी सीईओको रुपमा सिभिल बैंकमा नियुक्त भएका गुरुङले बैंकको नेतृत्वकर्ता सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
उनी खुला प्रतिस्पर्धाबाट म्यानमारको याङगुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए । त्यहाँ उनले एक वर्ष ६ महिना काम गरे ।बैकर गुरुङ गीत गाउने र नाच्ने पनि उत्तिक्कै निपुण छन् । उनले गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जोगाउने अभिप्रायले गुरुङ भाषाको एल्बम समेत निकालेका छन् ।


त्यस्तै, गुरुङ पत्नी बिमला गुरुङले नेपालमा संस्कार इङलिस स्कुल स्थापना गरी शिक्षा क्षेत्र मार्फत जीवनोपयोगी शिक्षा प्रदान गर्ने कोशिष गरेको बताइन् । विद्यालयले, शिक्षा सँगै शुखावति संस्थासँगेको सहकार्यमा जलवायु परिवर्तन र फोहोर व्यवस्थापन सम्बन्धी कार्य गरीरहेको बताए । त्यस्तै, संस्कार विद्यालयले जापानीज स्कुलसँग ग्लोकल एक्स्चेन्ज प्रोग्राम सञ्चालनमा ल्याएको जानकारी दिंदै अन्तर्राष्ट्रिय स्तरको सिकाइ रहेकोले सबैलाई सहयोग गरी दिनु अनुरोध गरिन् ।
समाजका अध्यक्ष गम गुरुङले, लमजुङको मस्र्याङ्दी ८ भंगेरीमा जन्मिएका गुरुङ बैंकिङ क्षेत्रको प्रमूख कार्यकारी अधिकृतमा पुग्ने पहिलो गुरुङ भएकोमा गर्व लागेको बताउँदै अझै राम्रो कार्य गर्दै जान अनुरोध गरे ।
अध्यक्ष गुरुङले प्रमूख कार्यकारी अधिकृत गुरुङ दम्पत्तीलाई खादा ओढाएर सम्मान गरेका थिए । उनले व्यस्तताको बावजुद पनि समय उपलब्ध गरी उपस्थित भइ दिनु भएकोमा प्रमूख कार्यकारी अधिकृत गुरुङ दम्पत्ती लगायत उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रममा बिमा कुमारी दुरा, नायिका रञ्जिता गुरुङ लगायत लमजुङवासी दाजुभाइ तथा दिदी बहिनी सहभागी थिए । कार्यक्रममा संस्थाका संरक्षकहरु तेज गुरुङ, तथा तुलसी गुरुङले मन्तव्य राखेको थिए । फिप्नाका पूर्व महासचिव प्रेम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result