अमेरिका ।
युएससीआईएसले अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा झन्डै ७ हजार ५ सय आप्रवासीहरूलाई अमेरिकी नागरिकता प्रदान गरिने जनाएको छ । युएससीआईएसका अनुसार जुलाई १ देखि ५ सम्म देशभर १ सय १० समारोहमा नागरिकता शपथको आयोजना गरिने छ ।
युएससीआईएसले गतबर्ष स्वतन्त्रता दिवसको अवसरमा झन्डै १४ हजार आप्रवासीहरूलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो । अमेरिकामा झन्डै ४० लाख ग्रिनकानकार्ड वाहक अमेरिकी नागरिकता ग्रहण गर्ने गर्ने प्रक्रृयामा छन् ।
अमेरिकाको २४३ औँ जन्मदिनको अवसरमा ११० वटा समारोहको आयोजना गरेर नागरिकता प्रदान गर्न लागिएको हो यूएसिआइएस द्धाराजारी ट्विटमा उल्लेख गरेको छ .
सन् १७७६ मा जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्र स्वीकार गरिएको थियो । सो दिनलाई बर्सेनि अमेरिकाको जन्मदिनका रूपमा मनाउँदै आएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-