दूरबिन संवाददाता ।
अमेरिका । आइसिइले आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागि भएमा अन्तराष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ । अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दे आएका छन ।
आइसिइका अनुसार अन्तराष्ट्रिय विद्यार्थीले अनलाइन कक्षामात्र लिएमा उनीहरूले विद्यार्थी भिसाको नियम उल्लङ्घन गरेको ठहरिनेछ ।
आइसिइको प्रावधान अनुसार अन्तराष्ट्रिय विद्यार्थीले प्रति सेमेस्टर तीन भन्दा वढी कक्षा अनलाइनमा लिन पाउदैनन् । अहिले अमेरिकामा ११ लाख भन्दा वढी अन्तराष्ट्रिय विद्यार्थी विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।
आइसिइको यो नयाँ नियमले अमेरिकामा अध्ययनरत १४ हजार भन्दा वढी नेपाली विद्यार्थीहरू प्रभावित हुनेछन् । अन्तराष्ट्रिय विद्यार्थीले अमेरिकाको अर्थतन्त्रमा ४५ बिलियन डलर भन्दा बढि योगदान गर्दै आएका छन् ।
तस्विर: टाइम्स हाइयर एजुकेशन
प्रतिक्रिया लेख्नुहोस्:-