काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।
नेकपा एमालेसँग सत्ता सहकार्य गर्नु त्यति उचित नहुने भन्दै उनले कांग्रेस नेतृत्वमै सरकार बनाउन कोइरालासँग सहयोग मागेका थिए।
‘जे भयो भइहाल्यो। अब संविधानको धारा ७६९३० बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तपाइँको सहयोग चाहियो। एमालेसँग सहकार्य गरेर केही हुनेवाला छैन,’ उनले कोइरालासँग भनेका थिए।
नेता कोइरालाले प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गरेका थिए। उनले धेरै ढिला भइसकेकाले मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-