Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट

असार २४, २०७५ ११:०३ मा प्रकाशित
कर्णालीको पर्यटन विकासमा रु ९८ करोडको बजेट
Share on FacebookShare on Twitter

सुर्खेत, २४ असार / कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो ।

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाउनुभयो ।

“कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भन्नुभयो ।

जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो ।

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय गे्रट टे«ेलकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।
यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ ।

कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको छ ।
पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग हो भन्नुभयो ।

उद्योग, वाणिज्य, होटल व्यवसायी, निजी क्षेत्र नागरिक समाज तथा पत्रकारसहित सहभागी रहेको उक्त कार्यक्रममा खासगरी पर्यटकको बसाइँ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने सुझाव दिइएको थियो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result