अमेरिका, १० जुलाई/ गैर आवासीय नेपाली संघ एनआरएनको विज्ञ भेलामा सहभागी हुन अमेरिका आएका पत्रकार सरोज दाहाल अचानक अस्वस्थ भई लसएन्जलस स्थित् अस्पतालमा उपचाररत हुनुहुन्छ । हाल दाहालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
अस्पतालको सेवा शुल्क र औषधि खर्च निक्कै महँगो भएको हुँदा दाहाललाई नियमित औषधि किन्न समस्या भइरहेको छ । आफन्त र परिवारका सदस्यहरू अमेरिकामा नभएकाले उपचार खर्चका लागि दाहालले सबैसँग सहयोगको अपेक्षा गरेकाछन् । अमेरिका र क्यानडा क्षेत्रमा रहेका सबै पत्रकार साथीहरूलाई सरोज दाहालका लागि सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ नेजा
अपिल गरेको छ’ । पत्रकार दाहाल एनआरएन आइसीसीको नागरिकता समितिको सदस्य समेत हुनुहुन्छ । एनआरएन क्यालिफोर्निया च्याप्टरले दाहालको सहयोगको लागि खोलेको गोफण्डको अकाउन्टमा गएर सहयोग गर्न सकिने छ ।
गोफण्डको लिङ्कयसैसाथ संलग्न गरिएको छ ।
https://www.gofundme.com/aenb3?teamInvite=1jOPMDW0pP5JdZaxwdImGPOJMVbsTeMtFrDtycZonR9naDUvOPMM9NvwZANnTMcs#
प्रतिक्रिया लेख्नुहोस्:-