काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलले देशलाई बन्धक बनाउन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोहीअनुसारको व्यवहारको अपेक्षा गरिएको उल्लेख गरे। ‘हाम्रो कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो, त्यसैलाई नै हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जुन जालसाजीपूर्ण क्रियाकलाप भयो। हामीलाई त्यसमा आपत्ति छ,’ उनले भने।
‘कहिले चाहिँ उहाँ ३५ हजार लडाकु होइन, ७ हजार मात्रै थिए भन्नुहुन्छ। कहिले ५ हजारको मात्रै जिम्मा लिन्छु भन्नुहुन्छ। कहिले कम्फर्टेबल भन्नुहुन्छ। कहिले सरकार नै अरूले बनाएको भन्नुहुन्छ। आफ्नो भनाइमा अलिकति स्पष्ट हुन प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने।
प्रतिक्रिया लेख्नुहोस्:-