Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

असार २८, २०७५ १०:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

भक्तपुर, २८ असार / भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको बताउनुभयो ।

कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरका बासिन्दाले प्रयोग गर्दै आएको खानेपानीको मूल रहेको नगरकोटस्थित मुहानपोखरी र बोडेको पानीसमेत प्रदूषित छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्दै आएको खानेपानीमध्ये नगरकोटस्थित मुहानपोखरीमा फिल्टर प्लान्ट नै छैन भने बोडेमा वर्षौंदेखि फिल्टर प्लान्ट बिग्रिएको छ ।

प्रमुख चन्दले भक्तपुर सरुवा रोगको महामारीको उच्च जोखिममा रहेकाले कार्यालयले विपद व्यवस्थापनको अग्रिम तयारी गरेको बताउनुभयो । कार्यालयले विपद् व्यवस्थापनका लागि चिकित्सा अधिकृतसहित चिकित्सक, प्रयोगशाला र औषधिसहितको जनशक्तिलाई तयारी अवस्थामा राखेको छ ।

उहाँले भन्नुभयो, “जिल्लाका चार वटै नगरपालिकादेखि समुदायस्तरसम्म टोली बनाएको छाँै, स्वास्थ्य तथा स्वयंसेवक टोलीलाई तालीमसमेत दिएर तयारी अवस्थामा राखेका छौँ, जनशक्तिको तयारी र आवश्यक औषधिको भण्डारण गरेका छाँै ।” वर्षायाम शुरु भएसँगै खानेपानीबाट सर्ने हैजा, डेंगु, स्क्रब टाइफस, झाडापखाला, एन्फ्लुएञ्जा, कालाज्वरलगायत रोगको महामारी फैलिनसक्ने भएकाले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी खान उहाँले आग्रह गर्नुभयो । रासस

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result