Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

असार २८, २०७५ १०:३५ मा प्रकाशित
उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी
Share on FacebookShare on Twitter

चितवन, २८ असार ९ / उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा यहाँको उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् ।

सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५ श्ययाभन्दा माथिका निजी अस्पताल भरतपुर महानगरपालिकामा छन् ।

त्यसैगरी उत्कृष्ट सुविधा दिने उद्देश्यले खोलिएका रेडियोलोजी र प्याथोलोजी पनि सञ्चालनमा रहेपनि जिल्लाका बिरामी पूर्णरुपमा सन्तुष्ट भएको पाइँदैन । दैनिक ५० भन्दाबढी एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ जाने गर्दछन् भने चार्टर हेलिकोप्टर, जहाज, निजी सवारी साधन र सार्वजनिक बसबाट पनि बिरामी काठमाडौँ जाने गरेको पाइन्छ ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने जिल्लामा उपचार हुन नसकेरभन्दा पनि अन्य विभिन्न कारणले काठमाडौँ बिरामी जाने गरेको बताउनुहुन्छ । काठमाडौँका ठूला भनिएका अस्पतालले यहाँका केही चिकित्सकलाई प्रलोभनमा पारेर बिरामी झिकाउने, हेलिकप्टर कंपनीले कमिसन दिएर दलाल परिचालन गरी बिरामी पठाउने, एम्बुलेन्स चालकको क्षेत्रमा कमिसनको चलखेलका कारण बिरामी काठमाडौँ जान चाहने गरेको उहाँको भनाइ छ ।

नजिकको तीर्थ हेला भएर पनि बिरामी काठमाडौँ जाने गरेको होला भन्दै प्रबन्ध निर्देशक न्यौपाने चिकित्सकले समय दिएर बिरामीलाई उचित परामर्श दिन नसक्दा र कतिपयले रोग लुकाउन चाहेर पनि बिरामी बाहिर जाने गरेको हो भन्नुहुन्छ । चितवन मेडिकल कलेजमा मात्र डिएम र एमसिएच ९विशिष्ट विशेषज्ञता० गरेका १६ जना र जिल्लामा यो संख्या ४० जनाको हाराहारीमा छन् ।

जिल्लामा अंग प्रत्यारोपणवाहेक काठमाडौँमा हुने सबै उत्कृट सेवा यहाँ दिन सकिन्छ तर यहाँकोभन्दा काठमाडौँमा १० गुणासम्म महँगो हुने उहाँको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी गत वर्ष गरिएको सर्वेक्षणमा एकै दिन ६९ वटा एम्बुलेन्सले जिल्लाबाट बिरामी लिएर काठमाडौँ गएको जानकारी दिनुहुन्छ । बिरामी काठमाडौँ जानुका कारण यहाँका जनताले विगतमा जस्तै यहाँ कमजोर सेवा रहेको ठान्नु, जिल्लामा कहिलेकाहीँ हुने उपचारको समस्यालाई लिएर सधैँ त्यस्तै हुन्छ भन्ने भान पर्नु, जिल्लामा रोग पहिचान भए पनि उपचार गर्ने अन्तिम इच्छा काठमाडौँ राख्नु पनि बिरामीको रोजाइ बाहिर हुने गरेको उहाँ बताउनुहुन्छ ।

अंग प्रत्यारोपण र गम्भीर टाउकाको उपचारबाहेक सबै उपचार जिल्लामा हुने दाबी गर्दै उपाध्यक्ष डा। अधिकारी एउटा चिकित्सक एउटै अस्पतालमा मात्र सीमित नहुनु र चिकित्सकले पनि बिरामीलाई राम्रोसँग रोगका बारेमा बुझाउन नसक्दा पनि बिरामी बाहिरिने गरेकामा जोड दिनुहुन्छ । जिल्लामा उपचार सेवालाई विशिष्टिकरण गर्दै जनतालाई अहिलेको सेवाका बारेमा बुझाउनसकेमा बिरामीको रोजाइ जिल्ला नै हुने र सबै खालका रोग जिल्लामा नै पहिलो पटक भित्रिने गरेकाले अनुसन्धानात्मक प्रयोगशाला पनि यहाँ अवश्यक रहेको उहाँको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्का जतिसुकैस्तरीय सेवा यहाँ भए पनि मानिसमा उपचारका लागि यहाँभन्दा अन्यत्र राम्रो छ भन्ने भ्रम रहेको बताउनुहुन्छ । निको नहुने रोग देखिएकाले पनि एकपटक काठमाडौँमा परीक्षण गर्न पाए हुन्थ्यो भन्ने भावना राख्ने गरेको पाइएको उहाँहरूकोे भनाइ छ

निजी अस्पताल जिल्ला समन्वय समितिका सचिव विक्रम अधिकारी यहाँ उच्चस्तरको उपचार भए पनि बिरामीमा विश्वासको संकटले गर्दा बाहिरका यहाँ आउने तर यहाँका काठमाडौँ जाने र काठमाडौँका विदेश जाने गरेका र केही हुने खानेले रोग यहाँ पहिचान गराउने तर उपचार भने बाहिर गरउने गरेको बताउनुुहुन्छ ।
यहाँका मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा उपलब्ध गराए पनि कार्डीयोलोजी भास्कुलर एण्ड थोरासिस सर्जरीजस्ता क्याथल्याबको सेवा जिल्लामा नहुँदा पनि बिरामी बाहिरिने गरेको बताइन्छ । तर जिल्लामा छिमेकी जिल्लाबाट ठूलो संख्यामा बिरामी आउने गर्दछन् । रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result