Friday, June 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकीयस्थल र होटल करको दायरामा

असार २८, २०७५ १०:४४ मा प्रकाशित
पर्यटकीयस्थल र होटल करको दायरामा
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, २८ असार / अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ ।

संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो ।

घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७४÷७५ मा भुरुङ तातोपानी कुण्डबाट रु २५ लाख र पुनहिलबाट रु पाँच लाख ५० हजार कर संकलन गरेको थियो । आगामी आर्थिक वर्ष २०७५÷७६ मा पुनहिलबाट रु २५ लाख र घोडेपानीबाट रु पन्ध्र लाख कर उठाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

उठेको कर सम्बन्धित ठाउँको विकासका लागि सत्तरी र तीस प्रतिशत गाउँपालिकाले अन्य क्षेत्रमा परिचालन गर्ने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य पर्यटकीय गन्तव्य घोडेपानी पुनहिल क्षेत्रमा हालसम्म स्थानीय होटल व्यवस्थापन उपसमिति र युवा क्लबले कर उठाउँदै आएका छन् ।

स्थानीय सामाजिक संघसंस्था परिचालन गरेर कर संकलन गर्ने नीति गाउँपालिकाले लिएको छ । यसैगरी जलविद्युत् आयोजनाबाट समेत वार्षिक रु १५ हजार प्रतिमेगावाट कर उठाउने निर्णय भएको छ ।

दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

क्रसर उद्योगलाई वार्षिक रु ५० हजारका दरले कर निर्धारण गरिएको छ । गाउँपालिका–५ पाउद्वार र वडा नं ६ घारको रातोपानी कुण्डबाट समेत वार्षिक रु पचास÷पचास हजार कर उठाउने भएको छ । तौल बढी भएका उपकरण सूचीकृत हुन वार्षिक रु बीस हजार कर तिर्नुपर्ने भएको छ ।

सहायक सडकमा सञ्चालन हुने बसलाई वार्षिक रु बाह्र हजार, जीपलाई रु दश हजार र ट्र्याक्टलाई रु पन्ध्र हजार कर निर्धारण गरिएको छ । होटललाई पाँच वर्गमा विभाजन गरेर वार्षिक करको दर निर्धारण गरिएको छ ।

(क) वर्गलाई रु २० हजार, (ख)लाई रु १० हजार, (ग)लाई रु पाँच हजार, (घ)लाई रु दुई हजार र (ङ)लाई रु एक हजार कर निर्धारण गरिएको छ । गाउँपालिकाका वडामार्फत व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको वडा नं ६ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता बरुवालले बताउनुभयो । रु २९ करोडको बजेट ल्याएको गाउँपालिकाले रु एक करोडभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result