Friday, April 10, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

असार २८, २०७५ १०:४६ मा प्रकाशित
डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड
Share on FacebookShare on Twitter

पोखरा, २८ असार / नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन रक्षातर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले वर्तमान सत्याग्रहीको जीवन जोखिममा पार्ने काम भइरहेको बताउँदै चिकित्सा क्षेत्रको सुधार गर्नुको साटो चिकित्सा क्षेत्रको व्यापार भइरहेको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले डा केसीले उठाएका माग सम्बन्धमा सरकारले सुनुवाइ गर्नुपर्ने धारणा राख्दै उहाँले थालेको सामाजिक परिवर्तनको बाटोलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।

नागरिक समाजका सुरेन्द्र थापा मगरले डा केसीका मागलाई संवादका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ पत्रकार नारायण कार्कीले देशैभरिका नागरिक समाजको आवाजअनुरुप डा गोविन्द केसीका मागको पक्षमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले डा केसीले नेपाली जनताको साझा माग उठाउनुभएको बताउँदै मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, नेपाल मेडिकल एशोसिएशन गण्डकीका अध्यक्ष डा निर्मल लामिछाने, नर्सिङ एशोसिएशनकी क्षेत्रकुमारी केसी, ठाकुर बराल, इन्द्रकमल मानन्धर लगायतले डा गोविन्द केसीका मागकाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result