Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रोकिएन पोलिथिन झोलाको प्रयोग

असार २८, २०७५ ११:२१ मा प्रकाशित
रोकिएन पोलिथिन झोलाको प्रयोग
Share on FacebookShare on Twitter

ललितपुर, २८ असार / पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ ।

प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका लागि प्लास्टिककै झोला दिने र उपभोक्ताले लैजाने गरेको उक्त विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताउनुभयो । सहज रुपमा किन्न पाइने हुँदा पसलले यसको प्रयोग कम गरेका छैनन् भने उपभोक्ताले पनि सित्तैमा पाइने भएपछि अन्य झोला नबोक्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ वातावरण मन्त्रालय र उद्योग मन्त्रालय बसेर छलफल गरेर समाधान निकाल्न सहज हुन्छ । ”

काठमाडौँ उपत्यका र उपत्यका बाहिरका शहरी क्षेत्रमा प्लास्टिकका कारण वातावरण प्रदूषण बढ्दो छ । केही वर्षपहिले विभागले व्यापक रुपमा अनुगमन गरेर मापदण्डभन्दा पातला झोला जफत गरेको थियो । विभागले त्यतिबेला जफत गरेकै झोलाको अझै व्यवस्थापन हुन सकेको छैन । उहाँले भन्नुभयो, “उत्पादन गर्नेलाई कारबाहीभन्दा पनि उत्पादन नगराउनु उचित हुन्छ ।” वातावरण सफाइका लागि कपडाको झोलाको महत्वका बारेमा विभागले देशका विभिन्न भागमा सचेतना कार्यक्रम गरिरहेको छ ।

प्लास्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८ (संशोधन २०७१) ले नेपालभर ३० माइक्रोनभन्दा पातला झोला आयात, भण्डारण र बिक्री–वितरणमा रोक लगाएको छ । कतिपय नगरपालिकाहरुले पनि पोलिथिन झोला प्रयोग नगर्न÷नगराउन कडाइ गर्न थालेका छन् । रासस

सम्बन्धित समाचार

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
बिबिध

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै  कांग्रेस-एमाले  समीकरण बनेको  नेता पोखरेलको प्रष्टीकरण
बिबिध

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै कांग्रेस-एमाले समीकरण बनेको नेता पोखरेलको प्रष्टीकरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result