Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता

असार २८, २०७५ ४:०२ मा प्रकाशित
उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता

Photo caption Correction:lzi6frf/ e]6 l;+xb/af/l:yt /Iff dGqfnodf laxLaf/ pkk|wfg Pj+ /Iff dGqL O{Zj/ kf]v/]n;Fu lzi6frf/ e]6 ug'{x'Fb} g]kfnl:yt hfkfgL /fhb"t df;fldrL ;fOuf] . tl:a/, ;f}hGoM /IffdGqLsf] lghL ;lrjfno, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २८ असार / नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसंग आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटघाटमा उहाँहरुबीच नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका बीचको सैन्य तालीम तथा सहकार्य एवं प्रविधि हस्तान्तरणलगायत विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाल र जापानबीच औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अगाडिदेखि नै बुद्ध धर्मप्रतिको भावनात्मक एकताले दुई देशबीचको सम्बन्ध महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको भन्दै विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकार आफ्नो नीति, कार्यक्रम तथा संरचनालाई व्यवस्थित गर्दै अघि बढिरहेको र आर्थिक विकासमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भ्रमण नभएको उल्लेख गर्दै उहाँले दुवै देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली सेनाले विश्व शान्तिको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै आगामी दिनमा दुई देशबीच पारस्परिक सैनिक तालीम सञ्चालन गर्न सकिनेसमेत उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले नवनियुक्त राजदूत मासामिची साइगो कृषि विज्ञ भएको भन्ने आफूले जानकारी प्राप्त गरेको भन्दै नेपालको कृषिको आधुनिकीकरण र विकासका निम्ति राजदूतको विज्ञताको उपयोग गर्न चाहेको बताउनुभयो ।

सोही अवसरमा उहाँले हालै जापानमा भएको प्राकृतिक प्रकोपका कारण हुन गएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो ।

भेटमा राजदूत साइगोले नेपाल र जापानबीच रहेको घनिष्ट सम्बन्ध अझ गहिरो र फराकिलो बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले नेपाल र जापानबीचको अनुपम सम्बन्ध अतुलनीय भएको र दुई मुलुकबीचको आपसी सहयोग आगामी दिनमा समेत निरन्तर रहिरहने बताउनुभयो ।

नेपालले तीन तहका निर्वाचन निष्पक्ष र पारदर्शिताका साथ सम्पन्न गइसकेको अवस्थामा अब वर्तमान सरकारको नेतृत्वमा नेपाल आर्थिक तथा सामाजिक विकासतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राजदूत साइगोले नेपालको विकासका लागि जापान सदैव सहकार्य गर्न तत्पर रहेको भन्दै रक्षा क्षेत्रमा आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारेमा योजना बनाएर छलफल गर्न सकिने बताउनुभयो ।

शिष्टाचार भेटमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजभण्डारी, जापानी दूतावासका उच्च अधिकारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थिति थियो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result